Comments Add Comment

माकुराको जालो पन्छाउँदै प्रदेश सदस्यलाई सपथ !

६ माघ, विराटनगर । प्रदेश १ को प्रदेशसभा (संसद्)को पहिलो बैठकका लागि वीरेन्द्र सभागृहलाई सिंगार्न थालिएको छ । तर, लामो समयदेखि मर्मत सम्भार हुन नसकेको सभागृहको अवस्था यस्तो छ कि दुई दिनमा जति काम गरेपनि तत्कालका लागि काम चलाउ मात्र हुनेछ ।

सभाहलका अधिकांश भागमा माकुराको जालो छ भने धेरै कुर्सीहरु भाँचिएका छन् । अहिले माकुराको जालो हटाउने, भाँच्चिएका कुर्सीहरुका ठाउँमा अर्को राख्नेदेखि कार्पेट विछ्याउने लगायतका काम भइरहेको छ । यद्यपि समय अभावका कारण रंगरोगन भने गरिने छैन ।

सभाहल व्यवस्थापनका लागि विराटनगर महानगरपालिकाले शविबार कर्मचारी खटाएको छ । ‘भोलि विहान ८ वजेसम्म सबै काम सक्नु पर्ने निर्देशन छ’ महानगरपालिकाका विद्युत शाखाका इलेक्टि्रसियन धु्रव श्रेष्ठले भने ।

श्रेष्ठका अनुसार सभागृहमा ५ सय मानिस बस्न सक्ने गरी कुर्सीको व्यवस्था गरिने छ ।

धेरै कुर्सी भाँचिएकाले त्यसलाई निकालेर २ सय वढी प्लाष्टिकका नयाँ कुर्सीहरु राखिने भएको छ ।  कुर्सी राखिएका ठाउँमा पनि रातो कार्पेट विछ्याइनेछ ।

स्टोजमा रातो कार्पेट विछर्‍याएर त्यसमाथि ५० जनाका लागि सोफा र कुर्सी व्यवस्था गरिनेछ । तर, भित्ता साह्रै फोहोर भएकाले स्टेज बनाइनेछ ।

मुलगेटदेखि सभाहलसम्म रोतो कार्पेट विछ्याइनेछ । साथै भवनको वाहिरी भागमा प्रदेशका ऐतिहासिक मोठमन्दिर तथा पर्यटकीय स्थलको फोटो झुण्ड्याइनेछ भने आगन्तुकका लागि वाहिर वगैंचामा कुर्सी राखिनेछ ।

महानगरपालिका कार्यालयका अनुसार वीरेन्द्र सभागृह २०३३ सालमा निर्माण भएको थियो । ०५८ साल यता सभागृहको मर्मत सम्हार हुन सकेको छैन । मर्मत सम्हार नहुँदा भवन वषर्ाको समयमा चुहिने गरेको छ ।

पहिलो बैठकमा ३ सयलार्इ निम्तो !

वीरेन्द्र सभागृहमा भोलि वस्ने प्रदेशको पहिलो वैठकमा ३ सय वढी पाहुना हुने अनुमान गरिएको छ ।

प्रत्येक्ष र समानुपातिक दुवै गरी ९३ जना प्रदेश सदस्य हुनेछन् भने विशिष्ट व्यक्ति पाहुन, आगन्तुक गरी ३०० सहभागी हुने अनुमान गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी रामप्रसाद आर्चायले सभाहलमा ५ सयका लागि व्यवस्था मिलाइने बताए । प्रदेश प्रमुख गोविन्द सुब्बा विराटनगर आएपछि छलफल गरेर आगन्तुक र पाहुनाको संख्या एकिन गरिने उनले वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment