Comments Add Comment

प्रदेश तीनका ११० प्रतिनिधि हेटौंडामा, शिक्षा निर्देशनालयमा सपथ

७ माघ, हेटौंडा । काठमाडौंसहित प्रदेश नम्बर ३ का १३ जिल्लाका प्रदेशसभा सदस्यहरु हेटौंडामा भेला भएका छन् । प्रदेश ३ को अस्थायी मुकाम हेटौंडामा कायम भएपछि प्रदेशसभा सदस्यहरु यहाँ भेला भएका हुन् ।

प्रदेश प्रमुख अनुराधा कोइरालाले ज्येष्ठ सदस्य डोरमणि पौडेललाई क्षेत्रीय शिक्षा निर्देशनालयको हलमा सपथ ग्रहण गराएपछि पौडेलले १०९ जना प्रदेशसभा सदस्यहरुलाई सपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको छ ।

प्रदेश प्रमुख बनेकी माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले हेटौंडास्थित क्षेत्रीय प्रशासन कार्यालयमा रहेको कार्यकक्षमा पदभार ग्रहण गरिसकेकी छिन् । क्षेत्रीय प्रशासकको आवास गृहलाई प्रदेश प्रमुखको आवास बनाइएको छ ।

प्रदेशको अस्थायी मुकाम बनेको हेटौडामा जिल्ला समन्वय समितिको कार्यालय रहेको भवनलाई मुख्यमन्त्रीको कार्यालय बनाउने तयारी गरिएको छ भने हुप्रचौरमा रहेको बासुदेव सभागृहलाई प्रदेशसभा संसदको बैठकस्थल बनाउने तयारी छ ।

आइतबार भने प्रदेशसभाका सांसदहरुको सपथ ग्रहण गराउने कार्यक्रम क्षेत्रीय शिक्षा निर्देशनालको भवनमा राखिएको छ ।

सपथ ग्रहणका लागि कतिपय सांसदहरु आफ्नो मौलिक भेषभुषामा सजिएर उपस्थित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment