Comments Add Comment

प्रदेशसभा १ का ‘सभामुख’ ७४ वर्षीय सरावगी को हुन् ?

७ माघ, विराटनगर । प्रदेश १ का ९३ प्रदेश सांसदले आइतबार विराटनगरको वीरेन्द्र सभागृहमासपथ लिएका छन् । प्रत्यक्ष तर्फका ५६ र ३७ समानुपातिकतर्फका प्रदेश सांसदहरुले सपथ लिएका हुन् ।

प्रदेश प्रमुख गोविन्द सुब्बाले पदभार ग्रहण गरे लगतै प्रदेशसभाका जेष्ठ सदस्य ७४ वर्षीय ओम सरावगीलाई सपथ गराएका थिए । त्यसपछि सरावगीले अन्य प्रदेश सांसदहरूलाई सपथ गराएका थिए ।

प्रदेश प्रमुखको पदभार ग्रहण कार्यक्रममा क्षेत्रीय प्रशासक राजेशमान सिंह, सरकारी कार्यालयका प्रमुख, प्रशासनिक तथा सुरक्षा प्रमुख, मेयर, राजनीतिक दलका प्रतिनिधि सहभागी थिए ।

को हुन् ज्येष्ठ सदस्य ओम सरावगी?

प्रदेश सभामुख निर्वाचित नहुँदासम्म प्रदेशसभा सञ्चालनका लागि जेष्ठ प्रदेश सांसदले अध्यक्षता गर्ने संविधानमा व्यवस्था भए बमोजिम १ नम्बर प्रदेशसभाका जेष्ठ सांसद सरावगीले सञ्चालन गर्नेछन् ।

उनी नेपाली कांग्रेसको तर्फबाट समानुपातिक पद्धतिबाट प्रदेश सांसद निर्वाचित भएका थिए । कांग्रेसका पुराना कार्यकर्ता सरावगी विद्यार्थी राजधानीबाट कांग्रेसमा प्रवेश गरेका थिए ।

 

२०२१ सालमा भद्रपुर नगरपञ्चायतमा उनी वडा अध्यक्ष भएका थिए । पञ्चायत कालमा ३ पटक भद्रपुरको नगर प्रधानपञ्च बनेका थिए । २०२९ सालमा निर्विरोध र त्यसपछि २०३८ र २०४२ सालमा नगरको प्रधानपञ्च निर्वाचित भएका थिए ।

हाल कांग्रेसको महाधिवेशन प्रतिनिधि रहेका उनी व्यवसायी पनि हुन् । उनको झापामा सूर्य प्लाई उद्योग रहेको छ । नेपाल भारत मैत्रीसंघका निवर्तमान अध्यक्षसमेत रहेका सरावगीका दुई सन्तान रहेका छन् ।

उनले देशमा संघीयता आएपछि पहिलो पटक प्रदेश सांसदलाई सपथ गराउन पाउँदा आफूलाई भाग्यमानी ठानेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment