Comments Add Comment

माओवादीबाट राष्ट्रियसभा उम्मेदवार चयनको जिम्मा शीर्ष ३ नेतालाई

८ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभामा पार्टीका उम्मेदवारहरु चयन गर्ने जिम्मा शीर्ष तीन नेतालाई दिएको छ ।

सोमबार प्रदेश इन्चार्जसिहतको शीर्ष नेताको बैठकले राष्ट्रियसभामा पार्टीको भागमा परेको १४ जना उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादललाई जिम्मा दिने निर्णय गरेको हो ।

अब शीर्ष तीन नेताले मंगलबार बैठक बसेर राष्ट्रियसभाको उम्मेदवार चयन गर्ने अध्यक्ष प्रचण्डका प्रेस संयोजक मनहरि तिमल्सिनाले जानकारी दिए ।

माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनमा नेकपा एमालेसाग तालमेल गरेको माओवादी केन्द्रले १४ सिट पाएको छ । वाम गठबन्धनले जित्ने अनुमान गरिएको ४३ सिटमध्ये नेकपा एमालेले २९ सिट पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment