+
+
Shares

सशस्त्र प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन : सुरक्षा चुनौती सामना गर्न सक्षम बन

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ ९ गते १४:१०
फाइल फोटो

प्रधानमन्त्री शेरबहादुर देउवाले बदलिँदो सुरक्षा चुनौतीलाई सामना गर्ने गरी आवश्यक तयारी गर्न सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरी बललाई बदलिँदो परिवेशअनुसार सुदृढ बनाउन सरकारले उपयुक्त नीति र योजना तर्जुमा गर्न लागेको पनि प्रधानमन्त्रीले बताए । मंगलबार १७ औं सशस्त्र प्रहरी दिवसको अवसर पारेर काठमाडांैको हलचोकमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले सशस्त्र प्रहरी बलको चेन अफ कमान्डमा असर नपर्ने गरी आवश्यक नीतिगत व्यवस्था गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै आएका प्रधानमन्त्री देउवाले मुलुकको सुरक्षा अवस्थालाई सुदृढ बनाउन सशस्त्र प्रहरी बलले खेल्दै आएको भूमिकाको पनि खुलेर प्रशंसा गरे । उनले निर्वाचन सम्पन्न भएसँगै मुलुक नयाँ कालखण्डमा प्रवेश गरेकाले सोही अनुसारको सुरक्षा व्यवस्था गर्न पनि सशस्त्र प्रहरी बललाई सचेत गराए ।

कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले मुलुकलाई सुरक्षा दिन जस्तोसुकै जोखिम मोल्न पनि सशस्त्र प्रहरी बल तयार रहेको बताए । उनले सुरक्षा चुनौतीमा देखिएको जटिलता हटाउन आवश्यक प्रविधि मैत्री साधन, स्रोतको बढोत्तरी नेपाल सरकारबाट हुने विश्वास पनि व्यक्त गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले सबै प्रदेशहरुको सुरक्षामा परिचालित हुने गरी आवश्यक जनशक्ति व्यवस्थापन गर्ने काम भइरहेको पनि जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?