Comments Add Comment

‘लिभ इन’मा बस्नुअघि ध्यान दिनुस यी ५ कुरा

‘लिभ इन रिलेसनसिप’ बारे हामी अनभिज्ञ छैनौं । किनभने हामीकहाँ पनि यस किसिमको प्रचलनले व्यापकता पाउँदै गएको छ । लिभ इन रिलेशन पश्चिमा संस्कृति हो, जसको राम्रो /नराम्रो दुबै पक्ष छन् ।

राम्रो पक्ष भनेको बिहेका लागि परिपक्क हुने मेलो हो यो । बिहे नगरी पार्टनरसँग बस्दा दाम्पत्य जीवनका बारेमा धेरै कुरा सिक्ने अवसर मिल्छ ।

उमेर पुगेका केटा र केटी विवाह नगरीकन आपसी सहमतिमा पति-पत्नी जसरी सँगै बस्नुलाई लिभ इन भनिन्छ । नेपालमा पनि शहरी क्षेत्रका युवा-युवतीहरु लिभ इनमा बस्ने प्रचलन सुरु भएको पाइन्छ ।

एक-अर्कालाई राम्रोसँग बुझ्न र समझदारी विकास गर्नका लागि यो प्रचलन प्रभावकारी मानिन्छ । यद्यपि, परम्परागत मान्यतामा विश्वास राख्नेहरुले भने यसलाई पचाउन सकेका छैनन् । उनीहरुका नजरमा यो केवल टाइमपास र शारीरिक इच्छा पूर्तिको माध्यम मात्रै हो ।

यहाँ लिभ इन रिलेसनमा बस्दा के कुरालाई ध्यानमा राख्नुपर्छ भन्ने विषयमा बुँदागत चर्चा गरिएको छ ।

मित्रतापछि मात्रै लिभ इन

लिभ इनमा बस्नुभन्दा अगाडि आफ्नो पार्टनरलाई राम्रोसँग चिनेको र बुझेको हुनुपर्छ । उसको भावुकता वा मुडको बारेमा राम्रो आँकलन हुनुपर्छ । लिभ इनमा बस्नुअघि राम्रो मित्रता कायम भएको हुनुपर्छ ।

केटीहरुले यस मामलामा विशेष सावधानी अपनाउनु आवश्यक छ । आफ्नो पार्टनरको प्रेमलाई राम्ररी महसुस गर्नुपर्छ । यदि अलिकति मात्रै पनि सन्देह छ भने यो सम्वन्धबाट आफूलाई अलग गरिहाल्नुमा भलाई छ ।

रिसको झोंकमा गलत कुरा

सम्वन्धमा कहिलेकाहीँ तितोमिठो हुनु आम कुरा हो । यसले सम्वन्धमा ताजापन आउँछ र सम्वन्धलाई अझै मजबुत बनाउँछ । यस्तोमा कहिलेकाहीँ सानोतिनो असन्तुष्टीमा तपाईंले गलत कुरा बोलियो भने पार्टनरलाई नराम्रो लाग्न सक्छ । जस्तैः आफ्नै घर जाउँ, हामी छुट्टउिँ, अब मलाई तिम्रो आवश्यकता छैन, आदि । रिसको बेलामा यो याद राखौं कि पार्टनरलाई आफुप्रति पुरा भरोसा भएर नै सँगै बस्नका लागि सहमत भएको हो ।

खर्चको व्यवस्थापन

अहिले महंगी यति बढेको छ कि कुनै पनि जोडीका लागि राम्रो जीवनशैली बिताउन सानोतिनो आम्दानीले पुग्दैन । त्यसैले लिभ इनमा बस्नुभन्दा अगाडि नै खर्चको बाँडफाँड कसरी गर्ने भन्ने प्रष्ट खाका बनाउनुस । अक्सर पार्टनरहरुबीच खर्चको विषयलाई लिएर खटपट भएको र सम्वन्ध तोडिने अवस्थासम्म पुगेको पाइन्छ ।

मासिक र भावनात्मकरुपमा मजबुत

आफ्नो पार्टनरलाई राम्ररी चिन्ने र बुझ्ने उद्देश्यले लिभ इन रिलेसनसिप रोज्नुभएको छ भने आफूलाई मानसिक र भावनात्मकरुपमा मजबुत बनाउनुपर्छ । यदि सँगै बस्ने क्रममा पार्टनरको कुनै स्वभाव मन परेन भने आपसी भलाकुसारीबाट त्यसलाई सुल्झाउनुपर्छ । यसका अलावा कतिपय कमी कमजोरीलाई नजरअन्दाज गर्नुपर्ने हुन सक्छ किनभने कमजोरी नभएका कोही मान्छे पनि हुँदैनन् ।

अलग हुन तयार

लिभ इन रिलेसनसिपमा बस्नेवित्तिकै विवाह हुन्छ नै भन्ने ग्यारेन्टी हुँदैन । दुई जनाबीच कुनै पनि समय सम्वन्ध विग्रने र छुट्टनिुपर्ने हुन सक्छ । त्यसका लागि आफूलाई मानसिक रुपमा तयार राख्नुपर्छ । पार्टनरले आफ्नो भावनासँग खेलवाड गर्न खोजेको वा आफूलाई धोका दिन लागेको महसुस भयो भने ‘प्लान बी’ मा जानुपर्ने हुन्छ । यसको मतलब हो यो सम्वन्धलाई तोडेर नयाँ ढंगले आफ्नो जिन्दगीलाई अघि बढाउनुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment