Comments Add Comment

फलफूलका बोक्राले यसरी चम्काउँछ अनुहारलाई

फलफूल खाएपछि बोक्राको के काम ? फलफूलका बोक्राहरु हामी प्राय डस्ट बिनमा फालिदिन्छौं । तर, गजब कुरा त के भने, फलफुलका बोक्रा अनुहारको सुन्दरताका लागि अत्यधिक उपयोगी हुन्छ । बोक्रा न किन्नुपर्छ, न यसको साइट इफेक्ट नै छ ।

अक्सर अनुहारको चमकका लागि हामी कस्मेटिक्स प्रयोग गर्छौं । कस्मेटिक्सले चाहेजस्तो चमक ल्याउँछ भन्ने ग्यारेन्टी छैन । अर्कोतिर यसको साइट इफेक्ट हुन्छ नै । कस्मेटिक्स किन्न पैसा पनि खर्च गर्नुपर्छ ।

जबकी फलफूलको बोक्रा सित्तमै उपलब्ध हुन्छ । फलफूल खरिद गरेपछि बोक्राको लागि अतिरिक्त खर्च गर्नु पर्दैन । त्यसैले यो निशुल्क उपलब्ध घरेलु सौन्दर्य साधन हो ।

अब यसको उपयोगिता त थाहा पाइयो । यसलाई प्रयोग गर्ने चाहि कसरी ?

–  सुन्तला र कागतिको बोक्रालाई सुकाएर मसिनो गरी पिस्ने । यस चुर्णमा गाईको काँचो दुध र अलिकति गुलाबजल मिलाएर अनुहारमा क्रिम जसरी लगाउने । सुकेपछि पानीले अनुहार धुनुपर्छ । यसको नियमित प्रयोगबाट अनुहारमा रहेका चायापोतो सँधैका लागि हराएर जान्छन् ।

–  अनुहारमा डण्डीफोर वा डण्डीफोरका दाग छन् भने त्यसबाट छुट्कारा पाउनका लागि तपाईंलाई अनार र सुन्तलाको बोक्राले मद्दत गर्न सक्छन् । यसका लागि अनार र सुन्तलाको बोक्रालाई बेसारसँग पिस्नुपर्छ । यसमा अलिकति कागतिको रस मिलाएर अनुहारमा नियमितरुपमा लगाउने गरौं । यसो गर्दा डण्डीफोर र यसको दाग हराएर जान्छ ।

–  महिलाहरुलाई भान्सामा खाना पकाउँदा धेरैपटक तातो तेल वा तातो भाँडोले पोल्छ र त्यसको दाग बस्छ । यस्तो दागमा मेवाको बोक्रा रगड्दा बिस्तारै बिस्तारै दाग हराउँछ ।

– सुन्तला र कागतिको बोक्राको चुर्णलाई अमला हालिएको पानीमा मिलाएर कपाल धुँदा कपालको चाया हराउँछ र कपाल लामो तथा बाक्लो हुन्छ । यसको लगातर प्रयोग तपाईंको कपालको स्वास्थ्यका लागि हितकारी छ ।

–  कतिको नङ फोहोर तथा चमकरहित हुन्छ, जुन हेर्दा घिनलाग्दो पनि देखिन्छ । यस्तो समस्या छ भने कागतिको बोक्रालाई नङमा रगड्ने । यसो गर्दा नङ दागरहित, सफा र चम्किलो हुन्छ । त्यसैले कागती निचोरीसकेपछि यसको बोक्रालाई यत्तिकै नफालौं

–  दाँत चम्काउनका लागि कागतिको बोक्रालाई हप्तामा एक-दुई पटक दाँतमा रगड्ने । साथै यसको बोक्रालाई सुकाएर पिस्ने अनि यसमा थोरै नून मिलाएर यसलाई मञ्जनको रुपमा प्रयोग गर्नुस । यसबाट दाँतका किरा पनि नष्ट हुन्छन् । कागतिलाई दाँत तथा गिजाको स्वास्थ्यका लागि निकै प्रभावकारी मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment