भनिन्छ, श्रीमद्भागवद्गीताको अध्ययनले जीवन र जगतलाई बुझ्ने दृष्टिकोण परिवर्तन गरिदिन्छ । गीताको रचना अद्भूत तरिकाले भएको कथन छ । त्यस अनुरुप कुरुक्षेत्र युद्धमा श्री कृष्णले गीताको सन्देश अर्जुनलाई सुनाएका थिए ।
श्रीकृष्णले युद्ध मैदानमा अर्जुनलाई जे जति कुरा सुनाए, त्यहि गीता हो । अतः यहाँ भागवत गीताका केही अनमोल उद्दरणहरु प्रस्तुत गर्दैछौं, जुन श्रीकृष्णले अर्जुनलाई दिएका थिए ।
-क्रोधबाट भ्रम पैदा हुन्छ । भ्रमबाट बुद्धि भ्रष्ट हुन्छ । जब बुद्धि भ्रष्ट हुन्छ, तर्क नष्ट हुन्छ । जब तर्क नष्ट हुन्छ, अनि व्यक्तिको पतन हुन्छ ।
– भगवान वा परमात्माको शान्ति उसँग हुन्छ जसको मन र आत्मामा एकता र सामञ्जस्य छ । जो इच्छा र क्रोधबाट मुक्त छ । जसले आफ्नो आत्मालाई सही अर्थमा बुझ्छ ।
-व्यक्ति जे चाह्यो त्यही बन्न सक्छ यदि विश्वासका लागि इच्छाएको वस्तुमा लगातार चिन्तन गर्यो भने ।
-जसले सबै इच्छाहरु त्यागिदिन्छ, र ‘म’ र ‘मेरो’ काृ लालसा र भावनाबाट मुक्त हुन्छ, उसलाई शान्ति प्राप्त हुन्छ ।
– आफ्नो कर्ममा मन लगाउनुस, त्यसको फलमा होइन ।
-स्वार्थले भरिएको कामले यो दुनियालाई कैदमा राखिदिनेछ । आफ्नो जीवनबाट स्वार्थलाई टाढा राखौं ।
-ज्ञानी व्यक्तिले कर्मको फलको आशा गरिरहेका अज्ञानी व्यक्तिको दिमागलाई अस्थिर बनाउनु हुँदैन ।
-जसले कुनै पनि देवताको पूजा विश्वासपूवर्क गर्छ, म उसको विश्वास उही देवतामा दृढ गरिदिन्छु ।
-बुद्धिमानले आफ्नो चेतनालाई एकजुट गर्नुपर्छ र फलका लागि इच्छा/लगाव त्यागिदिनुपर्छ ।
-सपना देख्नेले यो सोच्छन् कि उसको सपनाका अलावा केही पनि सत्य छैन, हाम्रो गल्तिले अन्तिम वास्तविकताका लागि त्यहीँ लैजान्छ ।