Comments Add Comment

तीन महिनामै नोकियाले बेच्यो २ करोड ८ लाख फोन


स्मार्टफोनको दुनियाँमा नोकियाले कमब्याक गर्दा निकै संशय थियो । सामसुङ र एप्पलको दबदबा बढेपछि बजारबाट विस्थापित भएको फोनले कमब्याकको छोटो समयमै प्रयोगकर्ताको मन जितेको छ ।

सन् २०१७ को तेस्रो त्रैमासिकको आइडीसी रिपोर्टअनुसार एचएमडी ग्लोबलले ५० प्रतिशत बिक्री बढाएको छ । यो निकै उत्साहजनक नतिजा हो किनकि बजारमा रहेका अन्य स्मार्टफोन कम्पनीहरुको वार्षिक वृद्धिदर नकारात्मक रहेको छ । वार्षिक ५० प्रतिशतभन्दा बढि वृद्धिदर हासिल अर्को एक मात्र कम्पनी सिओमी हो ।

आश्चर्यजनकरुपमा नोकिया सर्वोत्कृष्ट १० स्मार्टफोन उत्पादकहरुको सूचीमा आठौं स्थानमा आएको छ । एलजी र लेनोभोभन्दा यो अगाडि छ । आइडीसी रिपोर्टले नोकियाको वार्षिक ग्रोथको चार्ट मात्र देखाएको भए पनि नोकियाको आधिकारिक वेवसाइटले उक्त चार्टका आधारमा कम्पनीले कति संख्यामा मोबाइल बिक्री गर्याे भन्ने तथ्यांक निकालेको छ ।

उक्त वेबसाइटको अनुमान अनुसार नोकियाले फिचर फोन र स्मार्टफोन गरी कुल २ करोड ८ लाख मोबाइल सन् २०१७ को तेस्रो त्रैमासिकमा मात्रै बिक्री गरेको छ । आइडीसीको डाटाले पहिल्यै थाहा भइसकेको छ कि दोस्रो त्रैमासिकमा यसले १ करोड २० लाख फिचर फोन र १४ लाख स्मार्ट फोन गरी एक करोड ४ लाख फोन बिक्री गरेको थियो । यसैगरी, पहिलो त्रैमासिकमा १ करोड २० लाख फिचर फोन र १ लाख स्मार्टफोन गरी एक करोड २१ लाख फोन बिक्री गरेको थियो ।

यो सबैलाई जोड्दा एचएमडी ग्लोबल र माइक्रोसफ्टले संयुक्तरुपमा विश्वभर ३ करोड ५० लाख फिचर फोन बिक्री गरेको देखिन्छ, जुन ८.९ प्रतिशत बजार हिस्सा हो । तेस्रो त्रेमासिकमा बिक्री भएका २ करोड १० लाख फोनहरुमध्ये कति स्मार्टफोन थिए भन्ने चाहिँ अज्ञात छ । हल्ला चाहिँ यो अवधिमा नोकियाले ३४ लाख स्मार्टफोन बेचेको भन्ने छ ।

एप्पलभन्दा सामसुङ धेरै अगाडि

अन्य कम्पनीहरुको कुरा गर्दा सामसुङ २२ प्रतिशत बजार हिस्साका साथ सबैभन्दा अग्रस्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको एप्पलको बजार हिस्सा १२ प्रतिशत मात्रै छ । सिओमीले यो वर्ष झण्डै सतप्रतिशत वृद्धिदर हासिल गर्दै आफूलाई प्रतिस्पर्धामा अगाडि ल्याएको छ ।

२०१७ को तेस्रो त्रैमासिकमा चीन र भारतमा चिनीयाँ कम्पनीले बजार ओगटेका छन् । सिओमी, ओप्पो र भिभोले यहाँ सामसुङ र एप्पललाई उछिनेका छन् । भारतमा चाइनिज ब्राण्डहरुले माइक्रोम्याक्स जस्ता घरेलु ब्रान्डहरुलाई तर्साइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment