Comments Add Comment

नेप्सेलाई फाप्यो १३९० को टेवा, करिब १० अंक बढ्यो सूचक


११ माघ, काठमाडौं । नेप्से परिसूचकले १४ सय विन्दुमा टेवा पाउने संकेत देखिएको छ ।  यसअघि १४ सय विन्दुको टेवा परिक्षणको क्रममा पुस १६ गते १३९० विन्दुबाट बढ्न थालेको नेप्से यस बुधवार र विहीवार पुनः त्यही विन्दु आसपासबाट बढ्ने क्रममा रह्यो ।

नेप्से परिसूचक बढेर १४०४ विन्दुमा आएको छ । व्यापार मुलक, बीमा, होटेल, उत्पादनमुलक, लघुवित्त समूहको परिसूचक १ प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ । नेप्सेलाई १४३७ देखि १४५६ को खड्को देखिएको छ । यी बिन्दुमा यसअघि पनि नेप्सेले प्रतिरोध पाएको छ । नेप्सेले हेड एण्ड सोल्जर आकृती बनाउने सम्भावना पनि देखिएको छ । यसो भएमा भने बजार केही समत अझै घट्न सक्छ ।

बजार बढेपनि कारोबार रकमले भने साथ दिएको छैन् । कारोबार रकम खासै बढ्न सकेको छैन् । यसदिन पनि बजारमा कारोबार रकम २८ करोडमा सिमित भएको छ । अघिल्लो दिनभन्दा यो रकम २ करोडले बढि हो ।

यसदिन विकास बैंक र ‘अन्य’ समूहको परिसूचक मात्रै घटेका छन् । विहीवार सबैभन्दा धेरै सेयर कारोबार हुनेमा सानिमामाई हाइड्रोपावर रहेको छ । कम्पनीको स्थानीयलाई जारी भएको सेयर बिक्री योग्य हुन लागेकोले पनि कारोबार बढिरहेको हो । यस कम्पनीको १ करोड ८१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । १ करोड रुपैयाँ माथिको कारोबार हुने अन्य कम्पनीको नेपाल बैंक र फर्वाड कम्युनिटी डेभलपमेन्ट बैंक रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment