+
+
Shares

कलर्सले ल्यायो स्टाइलिस सेल्फी फोन ‘एस ९’

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ ११ गते १६:४२

११ माघ, काठमाडौं । कलर्स मोबाइल बजारमा एस ९ सिरिजको हातेसेटहरुका साथ देखा परेको छ । यो फोनले उच्चकोटीको अनुभूति दिलाउँछ भनें सुफथ मोलका समूहहरुको मोबाइल अन्तर्गत अतुलनीय विशेषता रहेको छ यसमा ।

धातुबाट निर्मित बाहिरी बनावटका साथ फोनले आफ्नो ढाँचाका र अतिरिक्त एकल स्टाइलका साथ प्रयोगकर्ताहरुलाई आकषिर्त गर्नेमा विश्वस्त छ । यसैले, यदि कोही उत्कृष्ट स्मर्ट फोन किन्ने सोचमा हुनुहुन्छ भनें एस ९ आइपुगेको छ, अरु हेर्ने पर्दैन । कम्पनीले यो फोनलाई स्टाइल र सेल्फी ब्यानर अन्तर्गत पेश गरेको छ ।

‘बजारमा एस सिरिजका फोनहरु उपलब्ध गराएसँगैं, फोनहरुले यसमा भएको मेटालिक  फ्रेमवर्कका कारण कम मुल्यका फोनहरुको वर्गलाई पुनः परिभाषित गरिदिनेछ ।

कुनै समय यस्तो पनि थियो कि मेटालिक बनावटका फोनहरु केवल उच्चकोटीका फोनहरुको समूहमा पाइन्थे, अब ग्राहकहरुले आफ्नो क्षमताले भ्याउने मुल्यको समूहमा समेत मेटालिक बनौटका फोनहरु खरिद गर्न सक्नेछन् । स्मार्टफोनको निर्माणताका उच्चकोटीका सामग्रीहरु प्रयोग गर्नाले ब्राण्डको महत्व बढाउन पनि मद्दत पुग्दछ,’टेलिटक प्रालिका कार्यकारी निर्देशक सञ्जय अग्रवालले भने ।

हेर्नमा मात्र होइन, एस ९ अन्य विशेषताहरुले पनि उच्च हुनुको महत्व दर्शाउँछ । यसमा भएको क्यामराहरु मध्ये पछाडीतर्फ ८ मेगापिक्सल र अगाडीतर्फ ५ मेगा पिक्सल क्षमता अनि दुवैतिर फ्ल्यास सहितका क्यामराहरु जडित छन्, जसले प्रयोगकर्तालाई सेल्फी लिन र फोटो खिच्न दुवैमा उत्कृष्टता प्रदान गर्दछ । यस्तै यो एण्ड्रोइड एन (नौगात ७.०) द्वारा संचालित छ भनें यसमा तीव्र गति र अधिक सटिक फिन्गर पि्रन्ट सेन्सर रहेको छ ।

यी सबैका अलावा एस ९ मा भएको थप विशेषता भन्नु यसको धातु बनौट नै हो जसले तपाईंको स्टाइलमा थप स्टाइल थप्दछ । बजारमा बजेट स्मार्टफोनको उच्च प्रतिस्पर्धा भएपनि एस ९ को बजार मुल्य ने.रु.११,९९५/ मात्र कायम गरिएको छ । कलर्स मोबाइलले यो सेट बिक्री शुभारम्भको अवसर पारेर १२ हप्ताको लागि १०० एमबि एनसेल डाटा सित्तैंमा प्रदान गर्ने योजना पनि अघि सारेको छ ।

कलर्स मोबाइलको आरम्भ टेलिटक प्रालिले सन् २००९ मा गरेको थियो । ब्राण्डले त्यसबेलादेखि नै प्रतिस्पर्धामा अब्बल साबित हुँदै नेपालको अत्यन्त लोकपि्रय मोबाइल बन्ने सफलता हासिल गर्दै आएको छ । कलर्स मोबाइल हाल नेपालमा सर्वाधिक बिक्री हुने मोबाइल हो र हाल यसको प्रयोगकर्ताहरु २५ लाखभन्दा धेरै रहेका छन् ।

ब्राण्डले आफ्नो उपस्थितिलाई विश्वका अन्य कैयन् मुलुकहरुमा पनि विस्तार गर्दै लगेको छ । कलर्सका उत्पादनहरु अत्याधुनिक नवीनतम् प्रविधि एवं अनुपम डिजाइन र विशेषताहरुका साथ उपलब्ध हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?