+
+
Shares

काठ चोरीमा संलग्न गिरोह प्रहरीको फन्दामा

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ ११ गते १८:४२

११ माघ, काठमाडौं । काठ चोरी तस्करीमा संलग्न गिरोहका ६ जनालाई महानगरीय प्रहरी परिसर, भक्तपुरले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ घर भएका २२ वर्षीय सुमन स्याङतान, नुवाकोटको ककनी गाउँपालिका–५, घर भइ काठमाडौंको बालाजुस्थित सम्राट फर्निचरका सञ्चालक ४८ वर्षीय श्याम गुरुङ, नुवाकोटको शिवपुरी गाउँपालिका–८ घर भएका ३८ वर्षीय राजकुमार भनिने श्यामबहादुर तामाङ, नुवाकोटको ककनी गाउँपालिका–५ का ३३ वर्षीय हरिबहादुर लामा, मकवानपुरको थाहा नगरपालिका–५ का १९ वर्षीय सानु भनिने सना मोक्तान र सोही ठाउँका २४ वर्षीय सोमलाल बम छन् ।

उनीहरुलाई भक्तपुरको सूर्यविनायक नगरपालिका–४, हर्षचोकस्थित जलहरी शिवाकोटीको न्यू सार्थक काठ उद्योगबाट ६८ थान काठ चोरी गर्दागर्दै प्रहरीले नियन्त्रणमा लिएको हो ।

परिसरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईका अनुसार विभिन्न समयमा उनीहरुले चोरी गरी विक्री गरेका काठहरु मध्ये ३ सय ९३ थान काठ, त्यसबाट बनेका झ्यालको खापा ११ थान र ढोकाको खापा ४ थान समेत बरामद गरिएको छ ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?