Comments Add Comment

मंसिर र पुसमा रामेछापमा पुनर्निर्माणले गति लियो

११ माघ, रामेछाप । दुई महितायता रामेछापमा भूकम्प प्रभावितको निजी आवास पुननिर्माणले गति लिएको छ ।

मंसिर र पुसमा गरी ८० देखि ८५ प्रतिशत भूकम्प प्रभावितले निजी आवास पुनर्निर्माण अनुदानको दोस्रो किस्ता लिन योग्य भएको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिले जनाएको छ ।

बिहीबार सदरमुकाम मन्थलीमा आयोजित एक कार्यक्रममा समन्वय समितिका प्रमुख ऋषिराज आचार्यले यही गतिमा पुनर्निर्माण भए असार मसान्तसम्म रामेछाप जिल्लामा ३६ हजार घरहरु पुनर्निर्माण हुने बताए । रामेछापमा निजी आवास निर्माणको लागि ४२ हजार ६ सय घरधुरीले सम्झौता गरेका छन् ।

हालसम्म जिल्लामा १६ हजार ५ सय लाभग्राहीले निजी आवास निर्माणका लागि आइजीपी दोस्रो किस्ता लिएका छन् भने ४ हजार लाभग्राहीले तेस्रो किस्ता बुझिसकेका छन् ।

जिल्लामा अहिलेसम्म १० हजार घर बनेकोमा ८ हजार ५ सय घरमा मानिस बस्न थालिसकेका छन् । आचार्यले जिल्लाका विभिन्न स्थानका १ सय ५१ घरपरिवार उच्च जोखिममा रहेकाले उनीहरुको स्थानान्तरणको प्रक्रिया शुरु गरिएको जानकारी दिए ।

जिल्ला शिक्षा अधिकारी दिनानाथ गौतमले भूकम्पले क्षतिग्रस्त विद्यालय भवनहरुको पुननिर्माणको कामले पनि गति लिएको बताए । क्षति भएका ४ सय १६ विद्यालयमध्ये ३ सय १९ विद्यालयको भवन निर्माणको काम सुरु भएको उनले जानकारी दिए ।

भारतीय दूतावास र चिनिया दूतावासले निर्माण गर्ने भनी सम्झौता भइसकेका ११ विद्यालय भवन निर्माण शुरु हुन भने ढिलाइ भएको शिक्षा अधिकारी गौतमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment