Comments Add Comment

किन फुल्छ कम उमेरमै कपाल ?

कपाल फुल्नुलाई हामी बुढेसकालको संकेतको रुपमा बुझ्छौं । बुढ्यौलीले छोप्दै लगेपछि कपाल सेताम्मे हुँदै जान्छ । यो सामान्य र स्वभाविक प्रक्रिया हो ।

तर कतिपयको युवावस्थामै कपाल फुल्न थाल्छ र उनीहरु उमेरभन्दा बुढा देखिन्छन् । अहिले त किशोरवयमा पनि कपाल फुलेको देख्न सकिन्छ । कपाल फुलेपछि व्यक्तित्वमा त्यसले केहि न केहि असर गर्छ । खासगरी कपाल फुल्नुलाई हामी बुढ्यौलीसँग दाँजेर हेर्छौं ।

हाम्रो शरीरको रौंहरुमा मेलेनिन नामक पिगमेन्ट सेल्स पाइन्छ । यी सेल्सले कपाललाई रंग दिन्छन् । तर, समयसँगै पिगमेन्ट सेल्स हराउँदै जान्छ र कपाल सेतो हुन थाल्छ । यो सामान्य हो । तर, उमेरभन्दा अगाडि कपाल फुल्नुका केही अन्य कारणहरु हुन्छन् ।

वंशाणुगत कारण

यो एउटा प्रमुख कारक हो । कुन उमेरमा कपालले पिगमेन्ट गुमाउँछ भन्ने वंशाणुगत तत्वले निर्धारण गर्छ । केही व्यक्तिहरुको २० वर्ष नहुँदै पिगमेन्ट हराउन थाल्छ र कपाल सेतो हुन्छ । यो समस्या सिधै जीनसँग जोडिएको हुन सक्छ । अर्थात्, आमा-बुवा वा हजुरबा-हजुरआमाको समयभन्दा अगाडि नै कपाल फुल्ने समस्या थियो भने यो हामीलाई पनि हुन सक्छ ।

मेलेनिनको कमी

अधिकांस घटनामा मेलेनिनको कमी हुनु नै कपाल फुल्नुको प्रमुख कारण हो । मेलेनिनको उत्पादन उचित पोषण र प्रोटिनयुक्त खुराकमा निर्भर गर्छ । यी पोषक तत्वको कमी मेलेनिनलाई स्वीकार्य स्तरबाट तल झर्ने कारण हुन्छ ।

हार्मोन्स

अपालको पिगमेन्टसँग हार्मोन्सको निकै महत्वपूर्ण सम्वन्ध हुन्छ । हार्मोन्स असन्तुलनका कारण कपाल सेतो हुन सक्छ ।

रसायन

कहिलेकाहीँ सेम्पु, साबुन, डाइज आदिको उपयोगले गर्दा पनि कपाल सेतो हुन सक्छ किनभने यिनीहरुमा केमिकलको प्रयोग गरिएको हुन्छ ।

कपालको विकासका लागि तरल पदार्थको सेवन

कपालको विकासका लागि शरीरमा अत्यधिक तरल पदार्थको आवश्यकता हुन्छ । के पिइन्छ र कति पिउने गरिएको छ भन्ने कुराले कपालमा असर पर्छ । कफि, चिया, रक्सी अधिक पिउँदा कपालको विकास रोकिन सक्छ र कम उमेरमा नै कपाल फुल्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment