Comments Add Comment

जिल्ला प्रशासन कार्यालयका कर्मचारी पेस्तोलको गोलीसहित पक्राउ

सांकेतिक तस्वीर

१४ माघ, लहान । जिल्ला प्रशासन कार्यालय सिरहाका कम्प्युटर अपरेटरसहित दुई जना पेस्तोलमा लाग्ने गोली र लागूऔषधसहित पक्राउ परेका छन् ।

कर्जन्हा निवासी सरोज कुमार पासवान र कल्याणपुर निवासी शितल झालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पासवान जिल्ला प्रशासन कार्यालय सिरहामा करारमा कार्यरत कम्प्युटर अपरेटर हुन् । झाले भने सिरहामा रेडियो सञ्चालनको तयारी गरिरहेका थिए ।

दुबै जनाको साथबाट कटुवा पेस्तोलमा लाग्ने दुई थान गोली र ९८ थान नाइट्रोजन लगायतका लागूऔषध ट्याबलेट बरामद गरिएको डिएसपी गजुसिधी बज्राचार्यले जानकारी दिए । दुबैजनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment