१४ माघ, काठमाडौं । दक्षिण एशियाली लेखा व्यवसायीहरुको महासंघ (साफा) ले २१ औं बार्षिकोत्सवको अवसरमा मंगलवारदेखि बिभिन्न कार्यक्रम गर्ने भएको छ ।
नेपाल चार्टर्ड एकाउन्टेन्टेस संस्थाले अध्यक्षता गरिरहेको साफाले मंगलवार साफा क्विज तथा इलोकुशन प्रतियोगिताको आयोजना गर्ने भएको हो । यसमा साफाको ८ सदस्य राष्ट्रका व्यावसायिक लेखा सम्बद्ध निकाय तथा संस्थाका फाइनल तहमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहनेछ ।
दोस्रो दिन वित्तीय जोखिम वयवस्थापन, पारदर्शिता र जवाफदेहिताका अवधारणागत विषयहरुमा गहन समिक्षा गर्ने गरि साफा न्टरनेशनल सीएफओ कन्फरेन्स हुने भएको हो । यसमा चार्टर्ड इस्ट्च्यिुट अफ पब्लिक फाइनान्स एण्ड एकाउन्टेन्सी (सिपफा), इन्टरनेशनल फेरेडेसन अफ एकाउन्टेन्टस् (आइफ्याक), इन्टरनेशनल एकाउन्टिङ एजुकेशन स्ट््याण्डर्ड बोर्ड (आइएइएसबी) र साफा सदस्य राष्ट्रका १५ जना ख्याती प्राप्त लेखा व्यवसायीहरुले प्राविधिक पत्र प्रश गर्नेछन् । सम्मेलनमा ४ सयभन्दा बढि राष्ट्रिय तथा अन्तराष्ट्रिय लेखा व्यवसायीहरुले सहभागिता जनाउने छन् ।
दोस्रो दिन उत्कृष्ठ बार्षिक वित्तीय विवरण प्रस्तुत गर्ने संस्थाहरुलाई पुरस्कृत गर्ने कार्यक्रम समेत रहेको छ । संस्थाले ललितपुरको आफ्नो कार्यालय कनिबहाल सिंचाहिटीदेखि चक्रपथसम्मको बाटोको नामाकरण आइक्यान मार्ग राख्ने समेत भएको छ ।
तेस्रो दिन ५१ औं साफा बोर्ड बैठक र ८६ औं सभा बस्नेछ । चौथो दिन सार्वजनिक वित्त व्यवस्थापनमा पेशाकर्मीहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।
प्रतिक्रिया 4