Comments Add Comment

क्रिकेट संघको विवादः विधानमा निर्वाचित क्यानले थपेको बुँदा हटाउन आईसीसीको निर्देशन

१४ माघ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले निर्वाचित क्रिकेट संघ क्यानका १७ केन्द्रीय सदस्य चुनावी साधारणसभामा स्वतः उम्मेदवार बन्न पाउने प्रवधानलाई हटाएर भए पनि विधान संशोधन गर्न भनेको छ ।

यसका लागि उसले निर्वाचित क्यानलाई समय दिनेछ । यसो भएमा क्रिकेट संघको निलम्बन फुकुवा हुन सक्ने सल्लाहकार समूहका सदस्यहरुले बताएका छन् ।

इमरान ख्वाजा नेतृत्वको टिम काठमाडौं आएर आइतबार सल्लाहकार समूहका सदस्यहरुसँग छलफल गरेको थियो । एक सदस्यका अनुसार आईसीसीले विधानअनुसार हुने चुनावी साधारणसभामा निर्वाचित क्यानका १७ सदस्य उपस्थित हुने र राखेपले सात जना पठाउने प्रावधानमा अपत्ति जनाएको छ ।

सल्लाहकार समूहका सदस्यहरुले १७ सदस्यको सहभागितालाई अस्वीकार गरेका छन् । निर्वाचित क्यानका अध्यक्ष चतुरबहादुर चन्द र महासचिव अशोकनाथ प्याकुरलले भने मताधिकार नदिए पनि उम्मेदवार हुन पाउनु पर्ने माग गरेका थिए ।

तर, सल्लाहकार समूहमा सहमति नभएपछि आईसीसीले त्यसलाई संशोधन गर्न भनेको छ ।

समूहका एक सदस्यले अनलाइनखबरसँग भने, ‘आईसीसीले मिलाउने प्रयास गरेको हो तर, सल्लाहकार समूहका साथीहरुकै सहमति भएन । त्यसलाई हटाएर भए पनि छिटो विधान संशोधन गर्नु भनेका छन् । पर्सी समय तोक्छन् ।’

यसो भएमा निर्वाचित क्यानमा रहेकाहरु जिल्ला, प्रदेश हुँदै साधारणसभामा आउनुपर्छ ।

यो पनि पढ्नुहोस् 

निर्वाचित क्यानको पक्षमा विधान संशोधन, क्रिकेट संघले १०५ दिनमा नयाँ नेतृत्व पाउने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment