+
+

नर्सको दुखमा डाक्टर भोला रिजालले लेखे यस्तो गीत

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १५ गते ११:१८

यतिबेला नर्सहरु आन्दोलित छन् । सेवा सुविधा अपुग भएको भन्दै उनीहरु आन्दोलित भइरहेकै अवस्थामा डाक्टर भोला रिजालले गीत लेखेका छन्, नर्समै सर्मपण गरेर । डा. रिजालले गीत लेखनमा पनि कलम चलाउँदै आएका छन् ।

उनको गीति एल्बम हो, धनधन्या । ५६ औं नर्सिङ दिवसको अवसर पारेर यो एल्बम बजारमा ल्याएको हो । नर्सिङ क्षेत्रमा आवद्ध भई जनताको सेवामा २४ सै घण्टा समर्पित हुने पेसा भन्दै रिजालले नर्सिङ दिवसको अवसर पारेर गिती एल्बम बाहिर ल्याएको बताएका छन् ।

डा. रिजालले उक्त गीत मार्फत नर्सहरुको बोली, व्यवहार तथा उनीहरुले दिने सेवा, श्रद्वा स्नेह जस्ता विषय समेटेका छन् ।

यसमा मनोहर सुनामको रहेकोमा स्वर प्रकाश श्रेष्ठ र संगिता रानाको रहेको छ ।

गीत यस्तो छ-

निष्काम भाव कर्मयोगी अमृतझै

बोली

जीवन अनि जगतको दिन्छौ

ढोका खोली ।

धन्यधन्य स्वास्थ्य सेविका

स्वास्थ्य परिचारिका

श्रद्वा स्नेह तिमीलाई ह्दयभरिका ।

नयनबाट बर्सिरहेको करुणाको धारा

जन्म लियौं निभाउन पुण्य

अभिभारा छचल्किन्छ आँखाबाट नित्य

सेवाभाव

प्रभातमा रमाउँदै भन्छ्यौ सु प्रभात ।

निशाचरीसरि बित्छ तिम्रो

जिन्दगानी

जीवनमृत्यु सँंघारमा तिमी

संजिवनी

दुःखलाई शुख ठान्ने धर्म

परायणी

सेवा, दया, करुणा र ममताकी खानी ।

धन्यधन्य स्वास्थ्य सेविका

स्वास्थ्य परिचारिका

श्रद्वा स्नेह तिमीलाई ह्दयभरिका ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?