+
+
Shares

विमानस्थलबाट सुनको बालासहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १५ गते १३:३८

१५ माघ, काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट सुन जस्तो देखिने दुई वटा वालासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका शान्तिनगर बस्ने सिराहाका १८ वर्षीय रमेश यादब छन् । कतारको दोहाबाट आएका यात्रुहरुसँग सुनको बाला सङ्कलन गरिरहेका वेला उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनको साथबाट प्रहरीले २ थान सुनको जस्तो देखिने बाला र ४८ हजार रुपैयाँ समेत बरामद गरिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?