अब बलिउडमा स्टार किड्सको हालीमुहाली बढ्दैछ । यसमा श्रीदेवीकी छोरी जान्ह्वीदेखि सैफ अली खानकी छोरी सारा अलीसम्म छिन् ।
खासगरी जान्ह्वी यतिबेला लाइमलाइटमा छिन् । उनले करण जौहरको फिल्म ‘धडक’बाट बलिउड डेब्यु गरेकी छिन् । उनीसँग इशान खट्टरले स्क्रिन साझेदार गर्दैछन् । त्यसो त जान्ह्वी फिल्ममा आउनुअघि नै चर्चामा थिइन् । आमा श्रीदेवीसँग बलिउड इभेन्टहरुमा देखापर्ने जान्ह्वीको फेसन र स्टाइलले राम्रै मिडिया कभरेज पाइरहेको थियो ।
यता सारा पनि अहिले चर्चाले घेरिएकी छिन् । उनी ‘केदारनाथ’ फिल्मबाट बलिउडमा इन्टि्र गरेकी छिन् । फिल्ममा उनको अपोजिट छन्, सुशान्त सिंह राजपुत । प्रसंग फिल्मको होइन, न फेसनको । बरु, उनीहरुको शिक्षाको हो ।
कस्तो अवस्था छ भने, अक्सर बलिउड स्टार्सले स्कुलको पढाईमा खास प्रगति गरेका छैनन् । अर्थात उनीहरुको एकेडेमिक योग्यता कम छ । अब कुरा गरौं, नयाँ पुस्ताको । उनीहरुले चाहि कहाँ पढ्दैछन्, शैक्षिक योग्यता कस्तो छ ?
जान्ह्वी कपुर
आफ्नी जमनाकी हट अभिनेत्री श्रीदेवीकी छोरी जान्ह्वी कपुरकै प्रसंगबाट सुरु गरौं । उनले अहिले ग्ल्यामर उद्योगमा प्रवेश गरिसकेकी छिन् । अब उनको पढाई कस्तो होला ? त्यो सामान्य अनुमान गर्न सकिन्छ । अहिलेको अवस्था चाहि के छ भने, उनले लस एन्जल्सको एक्टिङ स्कुलबाट एक्टिङ सम्बन्धी कोर्स गरेकी छिन् ।
कृष्णा श्राफ
ज्याकी श्राफी छोरी र टाइगर श्राफकी बहिनी कृष्णा अक्सर आफ्नो बोल्ड तस्विरको कारण चर्चामा रहन्छिन् । भनिहालौ, कृष्णा अभिनयमा होइन, फिल्म मेकिङमा रुची राख्छिन् । त्यही कारण उनी अमेरिकाको कुनै एक इन्स्िटच्युटबाट फिल्म मेकिङ कोर्स गर्दैछिन् ।
नव्य नवेली नन्द
नव्य नवेली नन्दा अमिताभ बच्चनकी नातीनी हुन् । अर्थात उनकी छोरीकी, छोरी । उनले बलिउड डेब्यु गर्ने चर्चा छैन । यद्यपी बेलाखबत साथीहरुसँग विन्दास मुडमा रमाइरहेको फोटोहरु सामाजिक सञ्जालमा भाइरल बन्ने गरेको छ । अब उनको पढाईको कुरा गरौं । नव्यले अहिले लन्डनको सेवनअक्स स्कुलमा पढिरहेकी छिन्
सारा अली खान
सारा अली खानका पिता सैफ अली खान चर्चित अभिनेता भइहाले । उनकी हजुरआमा पनि आफ्नी जमनाकी ग्ल्यामर हिरोइन हुन् । बलिउडमा सबैभन्दा पहिला विकिनी फोटोशुट गर्ने अभिनेत्री शर्मिला टैगोर साराकी हजुरआमा हुन् । हजुरआमा नै यति ग्ल्यामर भएपछि सारा त्यो भन्दा कम हुने कुरै भएन । उनको पढाईको कुरा गर्ने हो भने, साराले कोलम्बिया युनिभर्सिटीबाट ग्राजुएसन पुरा गरेकी छिन् ।
दिशानी चक्रवती
मिथुन चक्रवतीकी छोरी दिशानी लाइमलाइटमा छैनन् । तर, सुन्दरताको हिसाबले हेर्ने हो भने, उनी कुनै अभिनेत्रीभन्दा कम छैनन् । उनको पढाईको कुरा गर्ने हो भने, दिशानीले अहिले न्यूयोर्कको फिल्म एकेडेमीबाट एक्टिङ कोर्स गर्दैछिन् ।
प्रतिक्रिया 4