Comments Add Comment

हेटौंडामा धमाधम बन्दैछ प्रदेशसभा बैठकस्थल

१५ माघ, हेटौंडा । प्रदेश ३ को माघ १८ गते हुने प्रदेशसभाको बैठकस्थल र सचिवालय निर्माणको काम तिब्र पारिएको छ ।

सरकारले प्रदेश राजधानीको संरचना निर्माणका लागि सात करोड पचास लाख रूपैयाँ विनियोजन गरेपछि अहिले हेटौंडामा भौतिक संरचनालाई प्रदेश राजधानीको स्वरूपमा ढाल्ने काम शुरू भएको छ ।

तत्कालीन क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा बनाइएको प्रदेश सभाको सचिवालय र सभाहलको मर्मत तथा सभा सञ्चालनको लागि आवश्यक रंगरोगन र फर्निचर निर्माण शुरु गरिएको छ ।

प्रदेश सभाहल र अन्य व्यवस्थापनको लागि सोमबार संघीय सचिवालयबाट सहसचिव डा. रोजनाथ पाण्डेको नेतृत्वमा उपसचिव अधिराज राई, शाखा अधिकृत विनोद पौडेल र नासु रामहरि पोखरेल हेटौंडा आएका छन् ।

प्रदेशसभा हलमा सभामुख, उपसभामुख बस्ने स्थान, संसदीय दलका नेताहरुको कक्ष कहाँ बनाउने भन्ने विषयमा संघीय सचिवालयका प्राविधिकसहितको टोलीले निर्धारण गर्नेछ ।

आइतबार नै आउने भनेको टोली ढिलो आउँदा काममा ढिलाइ भएको प्रदेश कार्यालयका सचिव चर्तुभुज ज्ञवालीले बताए । आफूहरुलाई भित्री तयारीको बारेमा जानकारी नहुँदा काममा ढिलाइ भए पनि तोकिएको समयमा बोलाइएको बैठकलाई व्यवस्थित ढंगबाट सञ्चालन गर्ने ज्ञवालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment