+
+

क्याल्सियम किन आवश्यक छ ? जान्नैपर्ने कुरा

स्वस्थ्य जीवनका लागि दैनिक क्याल्सियम चाहिन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १६ गते ११:००

हामी सबैलाई थाहा छ, हड्डीलाई बलियो बनाउन पनि क्याल्सियम जरुरी छ । तर, क्याल्सियमको समबन्ध हड्डीसँग मात्र छैन । यसले अनुहारमा चमक पनि ल्याउँछ ।

यद्यपी क्याल्सियमबारे आम मानिसमा स्पष्ट धारणा छैन ।

हामीमा के भ्रम छ भने क्याल्सियमको औषधी सेवन गर्नाले हड्डी बलियो तथा स्वस्थ्य रहन्छ । क्याल्सियमको सेवनले ओस्टियोपोरोसिस जस्ता रोगको जोखिम कम हुनुका साथै शरीरकेा हड्डी टुट्ने खतरा समेत कम हुने गर्छ । तर, यो गलत हो ।

जबकी चिकित्सकहरुका अनुसार यस्ता क्याल्सियमको सप्लिमेन्ट लिनाले यसको दुष्प्रभाव समेत हुने गर्छ । त्यसैले, क्याल्सियम सम्बन्धि भ्रमको निवारण गर्नका लागि क्याल्सियमसित सम्बन्धित अन्य धेरै भ्रम कम गर्न जरुरी छ ।

शरीरका लागि दैनिक कति क्याल्सियम जरुरी ?

चिकित्सकहरुका अनुसार स्वस्थ्य जीवनका लागि लागि दैनिक दुई सय देखि तीन सय मिलिग्राम क्याल्सियम जरुरी छ । जसमा फलफुल, सागसब्जी इत्यादी पर्दछ ।

जबकी एक कप दूधले शरीरमा तीनसय मिलिग्राम क्याल्सियम प्राप्त हुन्छ भने दहीबाट डेढ सय देखि दुई सय मिलिग्राम क्याल्सियम प्राप्त हुने गर्छ । दैनिक मात्रामा दूधको सेवन तथा फलफूल तथा साजसब्जीको सेवनले शरीरमा दैनिक छ सय देखि सात सय मिलिग्राम क्याल्सियमको आपूर्ति हुने गर्छ ।

क्याल्सियम सप्लमेन्ट कसरी लिन सकिन्छ ?

विदेशमा क्याल्सियम सप्लिमेन्ट निकै प्रयोगमा छ । शरीरका लाग आवश्यक यस्ता सप्लीमेन्ट नेपालमा भने यदाकामात्र लिने चलन छ ।

जबकी यस्ता सप्लीमेन्ट क्याल्सियम साइट्रेट तथा क्याल्सियम कार्वोनेटाट बनेको हुन्छ । क्याल्सियमको सप्लीमेन्ट, जसमा पर्याप्त मात्रामा क्याल्सियम कार्वोनेट रहेको हुन्छ, त्यसलाई खाना पछि लिन राम्रो मानिन्छ । किनकी त्यस्ता सप्लीमेन्टलाई पेटमा रहेको एसिड अवशोषित गर्न आवश्यक हुन्छ ।

जबकी क्याल्सियम साइट्रेट पेटमा भएको एसिडमा निर्भर हुँदैन जसले गर्दा त्यस्ता सप्लीमेन्टलाई जुनसुकै बेला सेवन गर्न सकिन्छ ।

एउटा व्यक्तिका लागि दैनिक कति क्याल्सियम आवश्यक ?

विशेषज्ञ चिकित्सकका अनुसार एउटा वयष्क (१५ देखि ५० वर्ष उमेर समूह) व्यक्तिका लागि एक दिनमा लगभग हजार मिलिग्राम क्याल्सियम आवश्यक हुन्छ । त्यस्तै, ५० वर्ष भन्दा माथिका व्यक्तिका लागि १२ सय मिलिग्राम क्याल्सियम लिन आवश्यक हुन्छ ।

यसरी लिएको क्याल्सियम दूग्धजन्य पदार्थ, तरकारी, फलफल जुनसुकै स्रोतबाट लिइएको हुनसक्छ । तर कतिपय डाइटिसियनहरु भने दैनिक रुपमा छ सय देखि एक हजार मिलिग्राम क्याल्सियमको सेवन पनि पर्याप्त भएको बताउने गर्छन् ।

क्याल्सियम सप्लीमेन्ट लिनेका लागि दैनिक कति क्याल्सियम जरुरी ?

चिकित्सकहरुका अनुसार एउटा स्वस्थ्य आहारको सेवन गर्नु भनेको दैनिक दुई सय देखि तीन सय मिलिग्राम क्याल्सियम सेवन गर्नु हो । जसमा फलफुल, सागसब्जी इत्यादी पर्दछ । जबकी एक कप दूधले शरीरमा तीनसय मिलिग्राम क्याल्सियम प्राप्त हुन्छ भने दहीबाट डेढ सय देखि दुई सय मिलिग्राम क्याल्सियम प्राप्त हुने गर्छ ।

दैनिक मात्रामा दूधको सेवन तथा फलफूल तथा साजसब्जीको सेवनले शरीरमा दैनिक छ सय देखि सात सय मिलिग्राम क्याल्सियमको आपूर्ति हुने गर्छ ।

के क्याल्सियमको सेवनले हड्डीलाई फ्क्चर हुनबाट जोगाउन सकिन्छ ?

चिकित्सकहरुका अनुसार अधिक मात्रामा क्याल्सियम सेवन गर्नुको अर्थ शरीरमा अधिक मात्रामा क्याल्सियम हुन्छ भन्नु कदापी हैन । रगतमा क्याल्सियमको कमी भएमा यसले हड्डीलाई कमजोर बनाउँछ, जसका कारण हड्डी भाचिने वा फ्क्चर हुने खतरा बढ्ने गर्छ ।

अधिक मात्रामा क्याल्सियम लिनाले मृगौलाको पत्थरी हुनसक्छ ?

चिकित्सकहरुका अनुसार धेरैजसो अवस्थामा मृगौलामा हुने पथ्थरी क्याल्सियमकै कारण हुने गर्छ । तर विभिन्न अनुसन्धानहरुले यो पनि भनेको छ कि क्याल्सियमयुक्त आहारको सेवनले मृगौलामा पथ्थरी हुने खतरा कम हुने गर्छ ।

कारण के हो भने क्याल्सियमका कारण आक्जलेटको अवशोषण कम हुने गर्छ ।

आक्जलेट त्यस्तो अणु हो, जसले क्याल्सियमसित लडेर मृगौलामा पथ्थरीको कारण बन्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?