Comments Add Comment

कलाकार र पत्रकारबीच घम्साघम्सी (फोटोफिचर)

मौसमी चक्र अनुसार जाडो मत्थर भइसक्नुपर्ने हो । तर, राजधानीको हावा झन्-झन् चिसो हुँदैछ । यही चिसो मौसममा ज्यान तताउने मेलोमसो मिलाए, पत्रकार र कलाकारले ।

चल्तापूर्जा कलाकर्मी र नेपाल टेलिभिजनका पत्रकारहरु हिजो मैदानमा उत्रिए । फूटवल खेले । खेलमा जित र हारको उत्कर्षले भन्दा पनि खेलाडीहरुको गतिबिधिले रमाइलो गराएको थियो ।

आखिर खेल नै मैत्रीपूर्ण भएपछि घम्साघम्सी जोडतोडले चल्ने भएन नै । त्यसमाथि फुटबल मैदानमा खासै अभ्यस्त नभएका पत्रकार र कलाकर्मीहरु जो परे ।

खेलामा जे हुनु थियो त्यही भयो । न कलकारले जिते, न पत्रकारले । दुबै बराबरीमा रोकिए ।

खेलस्थान थियो, सिंहदरबारको आर्मी क्याम्प रंगशाला । मध्यन्ह साढे २ बजे खेल सुरु भयो । कलाकारको जर्सी लगाएर सुनिल थापा, लक्ष्मी गिरी, सलोन बस्नेत, सरिता लामिछाने, दीपाश्री निरौला उत्रिए । उनीहरुलाई काउन्टर दिन नेपाल टेलिभिजनका कर्मचारी तैनाथ भए । दुबैबीच रमाइलो घम्साघम्सी चल्यो । यो मेलोमेसो नेपाल टेलिभिजनको बाषिर्क उत्सवको अवसरमा जुराइएको रहेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment