Comments Add Comment

फिल्म रिलिजको समयमा छवि-शिल्पाको बिहे चर्चा


केहि चलचित्रकर्मीको कुरालाई विश्वास गर्ने हो भने, निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलबिच बिबाह भैसक्यो । उनीहरुले गतबर्षको दशैंमा नै काठमाण्डौको एक मन्दिरमा पुगेर सुटुक्क बिहे गरेका थिए । यहिकारणले नै निर्माता छविराज ओझाले रेखासँग कागजी रुपमा डिभोर्स गर्नका लागि हतार गरेका थिए ।

तर, छवि र शिल्पाले अझै पनि बिहे भएको कुरालाई स्विकार गरेका छैनन् । तर, जब छवि र शिल्पाको चलचित्र रिलिजको समय नजिक हुन्छ, बिहेको कुरा निस्कन्छ ।

निर्माता छविराज ओझा, निर्देशक नवल नेपाल र नायिका शिल्पा पोखरेल अहिले काठमाण्डौ बाहिर फागूण २५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मंगलम’को प्रचारका लागि पुगेका छन् ।

नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा छविले व्यक्तिगत प्रश्नको जवाफ दिदै शिल्पासँग चलचित्र रिलिज भएपछि बिहे गर्ने बताए । यता, अनलाइनखबरसँग कुरा गर्दै छविले भने-‘शिल्पा र मेरो बिहेको कुरा कुनै नौलो नै होइन । हामीले बिहे गर्छौ भनेका नै छौ । यसैले, यसपटक चलचित्र प्रचारका लागि बिहेको कुरा म उठाउनै चाहन्नँ ।’

नेपालगञ्ज र सुर्खेतमा पत्रकार सम्मेलन आयोजना गरेका छविले ‘मंगलम’ रिलिजपछि बिहेको कुरा हुने बताए । तर, जब छविराज ओझा र शिल्पा पोखरेलको चलचित्र रिलिजको समय आउँछ, बिहेको कुरा त निस्किहाल्छ । पुष्पल खड्का र पृथ्वीराज प्रसाइले शिल्पालाई चलचित्रमा अभिनयमा साथ दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment