१७ माघ, काठमाडाैं । नेपालका लागि यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले ललितपुरको ग्वार्कोमा नयाँ सोरुम सुरु गरेको छ । यामाहाको पुरानो तथा विश्वासिलो डिलर रिसिक अटोमोबाइल्सले एक्सचेन्ज र फाइनान्स सुविधासहितको सेल्स आउटलेट सुरु गरेको हो ।
ललितपुर जिल्लामा यामाहा मोटरसाइकल तथा स्कुटरको बढ्दो मागलाई सम्बोधन गरी एमएडब्लुले नयाँ सोरुम स्थापना गरेको हो । नयाँ सोरुमको उद्घाटन मिन नेपाल इन्टरनेसनल तथा यामाहा फेस अफ फेसिनो निती शाहले गरिन् ।
‘यामाहाले आफूलाई नेपालकै सबैभन्दा बढी विश्वासिलो मोटरसाइकल ब्रान्डका रुपमा स्थापित गरिसकेको छ । हामीसँग फरक पृष्ठभूमिका राइडरहरुकालाई मिल्ने फरक फरक प्रकारका मोडलहरु उपलब्ध छन्,’ उद्घाटन कार्यक्रममा एमएडब्लु इन्टरप्राइजेजका एजीएम दिपक रौनियारले भनेे, ‘यामाहाका मोटरसाइकल र स्कुटरको लोकपि्रय तीव्र गतिमा बढिरहेकै कारणले हामीले ठाउँ ठाउँमा नयाँ डिलर र सोरुमको स्थापना गर्दै आएका छौं । यो नयाँ सोरुमबाट पनि ग्राहकले गुणस्तरीय सेवा पाउने विश्वास हामी दिलाउन चाहन्छौं ।’
त्यसैगरी, रिसिक अटोमोबाइल्का प्रबन्ध निर्देशक मिलन बाबु मल्लले पनि नयाँ सोरुम स्थापना भएकोप्रति खुसी व्यक्त गरे । ‘रिसिक अटोमोबाइल्सले आफ्ना ग्राहकको विश्वास जितेको छ र यसका लागि हामी आफ्ना ग्राहकप्रति सदा आभारी छौं । यहिँ विश्वासकै कारण नयाँ सोरुम सुरु गर्न सकेका हौं । हामी वहाँहरुको विश्वासलाई सदा सम्मान गर्नेछौं ।’ मल्लले भने ।
उनले निकट भविष्यमा नयाँ सोरुमबाट सर्भिसको सुविधा पनि थाल्ने जानकारी गराए । रिसिक अटोमोबाइल्सको पहिलो सोरुम ललितपुरको कुमारीपाटीमा अवस्थित छ जहाँबाट ग्राहकले विश्वसस्तरीय ‘थ्री एस’ (सेल्स, सर्भिस र स्पेयर्स)को सुविधा पाइरहेका छन् ।
यामाहाले नेपाली बजारको माग र आवश्यकतालाई सम्बोधन गरी विभिन्न भेरियेन्टका मोटरसाइकल र स्कुटर विक्री गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर र रेजी गरी तीन मोडेल छन् भने मोटरसाइकलमा एफजेड-एस एफआई, आर १५, एसजीआरआर, सलुटो र प्राविधिक रुपमा उच्च स्तरीय आर३ उपलब्ध छन् ।
यामाहाले केही महिनाअघि नेपाली बजारमा २५० सीसी क्षमता भएको एफजी२५ ‘द अल्टिमेट स्टि्रट फाइटर’ सार्वजनिक गरेको थियो । छोटो अवधिमै एफजी२५ सबैभन्दा बढी खोजिएको मोटरसाइकल बन्न सफल भएको छ ।
यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको ‘आर’ सिरिज र ‘एफजी’ सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ, जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका मोटरसाइकलहरुमा माइलेज बढी पाइन्छ ।
प्रतिक्रिया 4