Comments Add Comment

सौगात भन्छन्–‘फिल्म राम्रो छ भने चल्नुपर्छ’(भिडियो)


नायक सौगात मल्लले संसारमा कुनै पनि कलाकारले आफू अभिनित कुनै चलचित्र नहेर्नु भनेर कहिले पनि नभन्ने बताएका छन् । फागूण ११ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘पञ्चेबाजा’को बिषयमा कुरा गर्दै उनले राम्रो चलचित्र चल्नुपर्ने बताए ।
चलचित्र ‘लालपूर्जा’ असफल भएपछि यसको असर ‘पञ्चेबाजा’लाई पनि पर्छ कि भन्ने पत्रकारको प्रश्नमा सौगातले भने–‘चलचित्र राम्रो छ भने चल्नुपर्छ । यदि नराम्रो छ भने चलचित्र चल्दैन । ‘पञ्चेबाजा’ राम्रो चलचित्र हो, यसैले चल्नुपर्छ भन्ने मलाई लाग्छ ।’

सौगातले आफूले पछिल्लो २ बर्षयता मात्र धेरै चलचित्रमा काम धेरै गरेको बताए । आफूले अब गर्न लागेका चलचित्रहरुको कथावस्तु राम्रो भएकाले पनि आफूलाई अप्ठ्यारो नपर्ने बताए । सौगातले भने–‘मैले आफूसँगै काम गरेका साथीहरुलाई साथ दिनका लागि पनि केहि चलचित्रमा काम गरेको छु ।’

चलचित्र ‘पञ्चेबाजा’मा आफू थिएटरको कलाकार भएको भन्दै उनले कथावस्तु मन परेकाले काम गरेको बताए । राजेश शाहीको निर्माणमा तयार भएको यो चलचित्रलाई घनश्याम लामिछानेले निर्देशन गरेका छन् । चलचित्रमा सौगात मल्ल, कर्मा, जश्मिन श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment