+
+
Shares

केही दिनमै पार्टी एकता हुन्छः प्रचण्ड

रामसुन्दर आचार्य रामसुन्दर आचार्य
२०७४ माघ १८ गते १५:५०

१८ माघ, काभ्रे । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले केही दिनमा एमाले र माओवादीबीच एकता हुने बताएका छन् ।

बिहीबार काभ्रेको महाभारत गाउँपालिका पुगेका प्रचण्डले प्रतिकि्रयावादीहरु सल्बलाएकोले जनतालाई नयाँ सन्देश दिदै केही दिनमै पार्टी एकता गर्ने बताएका हुन् ।

गाउँपालिकाले जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा सांसदहरुलाई सम्मान गर्न आयोजित गरेको कार्यक्रमलाई सम्बाधन गर्दै प्रचण्डले भने,’वाम एकता रोक्न प्रतिकि्रयावादीहरु सल्बलाएका छन्, हामी केही दिनमै पार्टी एकता गरेर नयाँ संदेश दिन्छौं ।’

अध्यक्ष प्रचण्डले ७० वर्षदेखि अहिलेसम्म यस्तै प्रतिकि्रयावादीहरुले देशलाई अगािड बढ्न नदिएको भन्दै अब उनीहरुको योजना सफल हुन नसक्ने दावी गरे ।

यसैबीच प्रचण्डले काभ्रेवासीलाई प्रदेश नं. ३ को राजधानी काभ्रेमै हुनसक्ने आश्वासन समेत दिएका छन् ।

अहिलेको सरकारले तोकेको राजधानी अस्थायी भएको भन्दै प्रचडले आवश्यकता अनुसार प्रदेशसभा सरकारले काभ्रेमै राजधानी बन्न सक्ने बताएका हुन् ।

कार्यक्रममा एमाले नेता तथा सांसद गोकुल बास्कोटासहित काभ्रेबाट विजयी भएका प्रतिनिधिसभा र प्रदेशसभा सांसदहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी हुन प्रचण्ड हेलिकोप्टरमा महाभारत गाउँपालिकामा पुगेका हुन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?