Comments Add Comment

खुट्टामा यस्तो समस्या त छैन ? हुनसक्छ गंभिर रोगको संकेत

स्वास्थ्यको कुरा गर्दा खुट्टालाई हामी वेवास्ता गर्छौं । हामीलाई लाग्छ, खुट्टामा खास समस्या हुँदैन । तर, कतिपय अवस्थामा खुट्टाले समग्र शरीरको स्वास्थ्यबारे जनाउ दिन्छ । स्वास्थ्यमा कुनै गडबडी देखिए, त्यसले शरीरको रोगको संकेत गर्छ ।

कहिले काहिँ सामान्य समस्या आउन सक्छ, जो आफै ठिक हुन्छ । तर, सधै एकनास हुँदैन । कुनै बेला खुट्टामा त्यस्ता समस्या पैदा हुन्छ, जसले गंभिर रोगको संकेत गर्छ । के हुन् त ति संकेत ?

खुट्टा झमझमाउनु

हाम्रो हात खुट्टा बेस्सरी झमझाउने गर्दछ । हातखुट्टा झमझमाउनु भनेको मधुमेह रोगको संकेत हो । सामान्यतयाः मधुमेहका विरामीलाई हातखुट्टा झमझमाउने तथा पोल्ने समस्या अक्सर हुने गर्दछ । खुट्टा झमझमाउने समस्या पेरिफेरल न्युरोपैथीको संकेत हो । र,मधुमेह रोग न्युरोपेथीको सामान्य कारण हो ।

नङको आकारमा परिवर्तन आउनु

विभिन्न प्रकारका रोेगहरुमा नङ आकार बद्लिने गर्छ । विशेषगरी, हृदय रोग तथा पेट सम्बन्धि समस्या भएमा नङको आकारमा परिवर्तन आउने गर्छ । विशेषगरी रगतमा अक्सिजनको कमी भएमा यस्ता समस्याहरु उब्जने गर्छन् । त्यसैले, यस्तो समस्या भएमा तुरुन्तै चिकित्सकका जानु पर्छ ।

खुट्टाका औला सुन्निनु

जाडो मौसममा अक्सर जुत्ता फुकालेपछि खुुट्टाका औला सेतो हुने गर्दछ, जुन भास्कुलर समस्यासित सम्बन्धित हुनसक्छ । त्यस्तै, रेनाल्डको समस्या पनि हुनसक्छ जसले कम तापक्रम भएको अवस्थामा शरीरको कुनै अंगलाई शुन्य तथा लुुलो बनाउने गर्दछ ।

मोटो मोजा लगाएर वा कम तापक्रममा शरीरलाई न्यायो राखेर पनि यस्ता समस्या कम गर्न सकिन्छ ।

नङ टुक्रिनु

विभिन्न प्रकारका भिटामिनको कमीले पनि नङ टुक्रिने गर्छ । जब शरीरमा भिटामिनको कमी हुन्छ, नङमा विभिन्न तरीकाले चिरा पर्ने गर्छ । त्यस्तै, शरीरमा रगतको कमी वा एनिमिया भएमा पनि नङ कमजोर हुने गर्छ र चिरा पर्ने गर्छ । त्यस्तै, नङको समस्या इन्डोक्राइनोलोजीको समस्या वा थाइराडड सम्बन्धि समस्याका कारण पनि हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment