+
+
Shares

प्रचण्ड र सुष्मा स्वराजबीच के-के भयो कुराकानी ?

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १९ गते ११:१९

१९ माघ, काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले माओवादी अध्यक्ष प्रचण्डसँग नयाँ सरकार गठनको तयारीबारे चासो राखेकी छन् । शुक्रबार बिहान माओवादी अध्यक्ष प्रचण्डसँगको भेटमा स्वराजले नयाँ सरकार गठनबारे चासो राखेकी हुन् ।

भेटवार्ताबारे पत्रकारहरुलाई जानकारी दिँदै माओवादी अध्यक्ष प्रचण्डले भने, ‘नेपालको चुनावपछिको परिस्थितिको कुरामा र सरकार गठनको तयारीको बारेमा सकारात्मक र रचनात्मक कुराहरु भए । उहाँले अब कसरी जाला भन्नेबारेमा केही जिज्ञासाहरु राख्नुभयो ।’

प्रचण्डका अनुसार सुष्माले नयाँ सरकार गठनका लागि बधाई र शुभकामना पनि दिएकी थिइन् ।

आफूले राजनीतिक स्थीरता र विकास नेपाललाई आवश्यक रहेकोबारे जानकारी गराएको प्रचण्डले बताए । उनले भने, ‘मैले पोलिटिकल स्टाब्लिटी र डेभलपमेन्ट हामीलाई चाहिन्छ भनें । उहाँले स्टाब्लिटी र डेभलपमेन्टमा सरकारलाई पूरै सहयोग हुन्छ भन्ने कुरामा नै जोड दिनुभयो ।’

भारतीय विदेशमन्त्री स्वराजको सदभाव भ्रमण जस्तो नै रहेको भनेर आफूले बुझेको भन्दै प्रचण्डले भने, ‘निकै राम्रो वातावरणमा हाम्रो कुराकानी भयो ।’

वाम गठबन्धन नेतृत्वको सरकारमा राजनीतिक दलहरुको सहभागीताबारे राखिएको जिज्ञासामा प्रचण्डले भने, ‘गठबन्धनले मेजुरीटी ल्याएको छ । यसमा सकारात्मक कुरा भयो । उहाँले बढी भन्ने कुरा थिएन, हामीले पनि बढी भन्ने कुरा थिएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?