Comments Add Comment

सुष्माको भ्रमणबारे सोसल मिडिया : रामकुमारी झाँक्रीदेखि नारायणकाजीसम्म

१९ माघ, काठमाडौं । दुई दिने भ्रमणका लागि बिहीबार नेपाल आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणलाई लिएर सोसियल मिडियामा निकै रोचक टिप्पणीहरु आएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ‘निम्तो’ मा उनको भ्रमण भएको भन्दै सामाजिक सञ्जालमा यो भ्रमणले रोचक चर्चा पाएको छ । कतिपयले सुष्माको भ्रमणपछि ‘एमालेको राष्ट्रवाद छर्लङ्ग भएको’ भन्दै ब्यंग्य गरेका छन् । सुष्मा स्वराजको भ्रमणबारे सामाजिक सञ्जालमा प्रमुख दलका केही नेताहरुसमेत बहसमा उत्रिएका छन् ।

कसले के भने ?

एमाले नेतृ रामकुमारी झाँक्रीले सुष्मा स्वराजले आफू आएपछि नयाँ सरकार बन्यो भन्ने सन्देश दिन खोजेको बताएकी छन् ।

उनले ट्विटरमा लेखेकी छन्-

नेकपा माओवादी केन्द्रका नेता रामदीप आचार्यले सांकेतिक रुपमा सुष्मा स्वराजको कोशेलीले नेपालीको राष्ट्रवाद धरापमा पर्ने हो कि भन्ने  टिप्पणी गरेका छन् ।

उनले ट्विटरमा लेखेका छन्  ः

नयाँ शक्ति पार्टी नेपालका नेता डम्बर खतिवडाले केपी शर्मा ओलीले भारतीय विदेश मन्त्रीलाई नेपाल बोलाउनै नमिल्ने टिप्पणी ट्विटरमार्फत गरेका छन् ।

उनले  लेखेका छन् :

राप्रपाका नेता तथा पीके क्याम्पसका प्राध्यापक जयन्तनाथ खनालले केपी ओलीले एकल बहुमतद्वारा रात्रीभोज दिनु र शेरबहादुर देउवा नेतृत्वको सरकारले जथाभावी निर्णय गर्नु उस्तै भएको टिप्पणी गरेका छन् ।

उनले ट्विटरमा लेखेका छन् :

केपी शर्मा ओली प्रधानमन्त्री हुँदाका अन्तर्राष्ट्रिय मामिला विज्ञ गोपाल खनालले संविधान जारी हुने बेलामा भारतीय विदेशसचिव एस जयशंकर आउँदा पनि संविधान जारी भएजस्तै अहिले  पनि केही नहुने टिप्पणी ट्विटरमार्फत  गरेका छन् ।

उनले  लेखेका छन् :

नयाँ शक्ति पार्टीका कृष्ण शर्माले सरकार नबन्दै ओलीले हतारो र चटारो गरेको भन्दै उनको राष्ट्रवादको घुम्टो खुल्दै जाने टिप्पणी गरेका छन्

उनले  ट्विटरमा लेखेका छन् :

ट्विटरमा यादव देवकोटाले पनि केपी ओलीको राष्ट्रवादप्रति आशंका गर्दै उनले सुष्मा स्वराजलाई भेट गर्नु र रात्रीभोज दिनुको आधार प्रष्ट नभएकोक उल्लेख गरेका छन् ।

उनले लेखेका छन् :

केही दिनअघि भारतीय गणतन्त्र दिवसमा भारतीय  दूतावासले आयोजना गरेको समारोहम नगएका केपी ओलीले सोल्टी होटलमा सुष्मा स्वराजलाई भेटेकोमा ट्विटरमा सिएन खड्काले प्रश्न उठाएका छन्

उनले लेखेका छन् :

विश्लेषक जुगल भुर्तेलले सुष्मा स्वराजलाई कुबेलाको पाहुना भन्दै सरकार बनाउन भारतको सहयोग नचाहिने सन्देश को नेताले देला भनी प्रश्न उठाएका छन् ।

उनले भनेका छन् :

ट्विटरमा ओमकुमार थापाले सुष्मा स्वराजलाई सोल्टी होटलमा नै भेट्न गएर ओलीले  भारतीय हेपाहा प्रवृत्तिलाई प्रोसाहन गरेको उल्लेख गरेका छन्

उनले  लेखेका छन् :

ट्विटरमा मनिता घिमिरेले एमालेको राष्ट्रवादको मृत्यु भएको उल्लेख गरेकी छन् । एमालेको राष्ट्रवादको मृत्यु भएपछि उ आर्यघाट नभई सिंहदरबार पस्ने उनले टिप्पणी गरेकी छन्

उनले लेखेकी छन् :

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले सुष्मा स्वराजको अहिलेको भ्रमण ब्यवहारिक, राजनीतिक र कुटनीतिक रुपमा उपयुक्त नभएको बताएका छन् ।

उनले लेखेका छन् : सामान्यता सुष्मा स्वराजको नेपाल भ्रमणको समय व्यवहारिक, राजनीतिक र कुटनीतिक रुपमा उपयुक्त छैन । यद्यपि उहाँलाई स्वागत छ, अनि उहाँको भ्रमणलाई उपलब्धीपूर्ण बनाउन प्रयास र कामना गर्छौं । तर, म फेरि दोहोर्‍याउँछु कि हामीले आफ्नो आत्मसम्मान कायम राख्नुपर्छ र राष्ट्रिय चाहनाप्रति केन्द्रित हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment