+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

विश्वविद्यालयका पदाधिकारी खुल्ला प्रतिस्पर्धाबाट छान्नुपर्छः क्रान्तिकारी

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १९ गते १७:१८

१९ माघ, काठमाडौं । अखिल क्रान्तिकारीले विश्वविद्यालयका पदाधिकारी र क्याम्पस प्रमुखहरू खुल्ला प्रतिस्पर्धाबाट छनोट गरिनुपर्ने धारणाा अघि सारेको छ ।

कुनै दल निकट भएकै आधारमा नियुक्त हुनेहरूबाट विश्वविद्यालयको प्रगति नहुने भएकाले खुला प्रतिस्पर्धाबाट योग्य र सक्षम व्यक्ति चयन हुनुपर्ने क्रान्तिकारीको जोड छ ।

अमृत साइन्स क्याम्पसमा शुक्रबार आयोजित नवआगन्तुक विद्यार्थीहरूकोे स्वागत कार्यक्रममा अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले भने, ‘दलीय भागबण्डामा आएका पदाधिकारीले विश्वविद्यालय ध्वस्त बनाए।’

तामाङले शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट छुट्याउनुपर्नेमा जोड समेत दिए । उनले भने, ‘देउवा सरकार राष्ट्रिय ढुकुटी रित्याउन नलाग, बरु शिक्षामा २० प्रतिशत बजेट छुट्याउने हाम्रो माग पूरा गर ।’

कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय सचिवद्वय डीबी साउद, पवन कार्की लगायतले शुभकामना दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?