+
+
Shares

राजर्षी जनक विश्वविद्यालयको आंगिक बनाएकोमा क्याम्पसको विरोध

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १९ गते १८:५२

१९ माघ, सप्तरी । केही महिनाअघि संसदबाट राजर्षी जनक विश्व विद्यालयको विधेयक पारित भएपछि राजर्षी जनक विश्वविद्यालय स्थापना भयो । तर यस क्षेत्रका क्याम्पसहरुले राजर्षी जनक विश्वविद्यालयको आंगिक क्याम्पस बन्न अस्वीकार गरेका छन् ।

पछिल्लो पटक यस विश्वविद्यालयको आंगिक बनाइएको सप्तरीको एक मात्र सरकारी क्याम्पसले यसको विरोध गरेको छ । क्याम्पसका सम्पूर्ण संघ संगठनका प्राध्यापकहरुले राजर्षी जनक विश्व विद्यालयको आंगिक नबन्ने बताएका छन् ।

राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसका प्राध्यापकहरुले राजर्षी जनक विश्व विद्यालयमा गाभेर क्याम्पसको अस्तित्व संकटमा पारेको बताएका छन् । हाल यो क्याम्पस त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस हो । क्याम्पसले त्रिभुवन विश्व विद्यालयकै आंगिकमा राख्न माग गरेको छ ।

शुक्रबार क्याम्पसका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुले राजविराजमा प्रदर्शन गरेका छन् । क्याम्पस प्रांगणबाट निस्किएको उनीहरुको बिरोध जुलुस नगरको बिभिन्न्न भाग परिक्रमा गरेको छ । नगर परिक्रमा पश्चात उनीहरुले प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् ।

ज्ञापन पत्रमा क्याम्पसलाई राजर्षी जनक विश्वविद्यालयमा गाभिने व्यवस्था गरिएको भन्दै कडा आपत्ति जनाइएको छ । राजषिर् जनक विश्वविद्यालय ऐन २०७४ का केही प्रावधानले अन्य क्याम्पसको अस्तित्व संकटमा परेकाले यसको आंगिक बन्न अस्वीकार गरिएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

क्याम्पसले त्रिवि प्राध्यापक संघका सभापति सिंहेश्वरप्रसाद यादवको संयोजकत्वमा संघर्ष समिति गठन गरेको छ । राजर्षी जनक विश्वविद्यालयमा गाभ्ने निर्णयलाई नसच्याए चरणबद्ध आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?