Comments Add Comment

नेपाल उपनिवेश भएको हो कि भन्ने भान भयोः कमल थापा

२० माघ, हेटौंडा । उपप्रधान एवं उर्जामन्त्री कमल थापाले मुलुकमा वैदेशिक हस्तक्षप बढ्दै गएको दावी गरेका छन् । उनले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणको समय सान्दर्भिक नभएको टिप्पणी गरे ।

हेटौंडामा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष समेत रहेका थापाले निम्ता नगरी आएका पाहुनालाई सरकारले सकेको स्वागत गरेको बताए । नेपाल अहिलेसम्म कसैको उपनिवेश नभएको तर, स्वराजको भ्रमणबाट मुलुक कतै उपनिवेश भएको हो कि भन्ने भान परेको सुनाए ।

थापाले जनताको म्यान्डेड अनुसार वाम गठबन्धनको सरकार निर्माण बन्नु पर्ने र जनचाहना अनुसा र स्थायी हुनु पर्ने बताए । निर्वाचनको समयमा बनाइएको लोकतान्त्रिक गठबन्धन कमजोर भएकै कारण जनताले राजनीतिक स्थायित्वका लागि वाम गठबन्धनलाई रोजेको उनको भनाइ थियो ।

सरकारले तोकेका प्रदेशका राजधानी सबै उपयुक्त रहेको भन्दै थापाले ३ नम्बर प्रदेशको राजधानी हेटौंडा नै उपयुक्त गरेको बताए । तप्लेजुङका मानिस विराटनगर, दार्जुलाको धनगढी, डोल्पाको सुर्खेत आउन मिल्ने भएपछि रसुवा वा रामेछाको मानिस हेटौंडा आउन किन नमिल्ने भन्ने प्रश्न गरे ।

राप्रपाको अगुवा कार्यकर्ता भेलामा सहभागीहरुको संख्या न्यून भएपछि थापाले असन्तुष्टि समेत जनाएका छन् ।

सहभागीहरुले भने थापाका भाइ गणेश थापा कता हराए भन्दै प्रश्न उठाएका छन् । पार्टीको अस्थित्व रहँदा नेतृत्व गर्न आउने र पराजित भएपछि बेपत्ता भएको भन्दै कार्यकर्ताले विरोध गरे ।

जिल्ला सदस्य केदार चौलागाईले मञ्चबाटै सहज परिस्थिसतमा नेतृत्व गर्न आउने र समस्यामा भाग्ने भन्दै प्रश्न उठाएपछि राप्रपा अध्यक्ष कमल थापाले पूर्वनिर्धारित कार्यक्रम अनुसार बाहिर गाएको उत्तर दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment