Comments Add Comment

जनकपुरमा ट्रिपर दुर्घटना, २ को मृत्यु

२१ माघ, जनकपुर । जनकपुर उपमहानगरपालिका १४ स्थित मुजेलियामा ट्रिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

ना ७ ख ३२२६ नम्बरको ट्रिपर गएराति दुर्घटना हुँदा त्यसका चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मृत्यु हुनेमा चालक २५ वर्षीय उदय शर्मा र सहचालक २६ वर्षीय संजय पासवान रहेको प्रहरीले जनाएको छ ।

ढल्केबरबाट जनकपुरतर्फ गिट्टी लिएर आउँदै गरेको ट्रिपर तीव्र गतिको कारण अनियन्त्रित भई दुर्घटना भएको हो ।

सडक विस्तारको कार्य चलिरहेकाले सडकको माथिल्लो भागमा निर्माण सामग्रीहरु थुपारिएको कारण तीव्र गतीमा रहेको ट्रिपर दुर्घटना भएको अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment