Comments Add Comment

प्रदेश ६ को सभाहलमा पत्रकारहरु प्रवेश गर्न नपाउने

हल बाहिर पत्रकारहरूका लागि बनाइएको स्थान । जहाँबाट हलभित्रको दृश्य देखिदैन ।

२१ माघ, सुर्खेत । प्रदेश ६ को पहिलो बैठकमा पत्रकारहरुलाई हलभित्र प्रवेश निषेध गरिएको छ ।

हलभित्र ठाउँ अभावका कारण पत्रकारहरुलाई रिपोर्टिङको व्यवस्थापन गर्न नसकिएको सचिवालयले जनाएको छ,।

पत्रकारहरुका लागि हल बाहिर सुरक्षाकर्मीहरु रहेको स्थानबाट रिपोर्टिङ गर्ने व्यवस्था मिलाइएको हो ।

हलको बाहिर एक साइडमा सुरक्षाकर्मी र एक साइडमा पत्रकारलाई र अन्य नागरिक बस्ने व्यवस्था मिलाइएको छ । सोही ठाउँमा टिभीको ठूलो स्कृनमा लाइभ देखाउने व्यवस्था गरिएको छ ।

नेपाल टेलिभिजनलाई भने हलभित्र प्रवेश गराउने तयारी गरिएको छ । त्यसबाहेक रेडियो नेपाल र राससका पत्रकारहरुलाई समेत प्रवेशको व्यवस्था गरिएको छैन ।

शैक्षिक तालिमक केन्द्रको हलमा प्रतिध्वनीको समस्या भएपनि सिचाइँ डिभिजनको हललाई प्रयोग गर्दा समस्या भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment