Comments Add Comment

दुध र महको लेपले यसरी छाला चम्किलो र मुलायाम बन्छ

जाडो मौसममा सामान्यतया अनुहारको रौनक घट्छ र अनुहारको छाला फुस्रो हुन थाल्छ । यसको सरल समाधान छ, घरेलु लेप । अर्थात बजारको महगो मोश्चराइजर क्रिम प्रयोग गर्नुपर्छ भन्ने छैन । घरमै उपलब्ध सामाग्रीको लेप बनाएर लगाउन सकिन्छ । यसका लागि चाहिन्छ, मह र दुध ।

भनिहालौं, मह र दुधको लेप लगाउँदा अनुहार चम्किलो हुन्छ । मुलायम हुन्छ । अनावश्यक दागहरु रहँदैन । समग्रमा छाला स्वस्थ्य हुन्छ ।

मह र दुधको लेपनको अतिरिक्त फाइदा पनि छ । त्यो भनेको, यसले चाहुरीपन कम गर्छ । यसका लागि हप्तामा दुई पटक लेप बनाएर लगाउनुपर्छ ।

कसरी बनाउने त लेप ?

यो बनाउन निकै सजिलो छ । अलिकति दूधमा ठिक्क मह हाल्ने ताकि लेप अधिक गाढा नहोस । लेप बनाउनासाथ त्यसलाई प्रयोग गरौं । धेरै बेर त्यसै छोड्दा यो बिग्रिन्छ ।

१. दुध एउटा राम्रो क्लिन्जर पनि हो । यसमा एउटा कटन बल डुबाउनुस र त्यसले अनुहारमा पुछ्नुस । त्यसलाई ५ मिनेटका लागि यसै छोड्नुपर्छ र त्यसपछि ताजा पानीले धुने गरौं । दैनिक आफ्नो अनुहारलाई यसैगरी काँचो दुधले सफा गरौं । दुधमा पाकेको मेवा पनि मिसाउन सकिन्छ । यसबाट अनुहारको डेड स्किन हट्नेछ ।

२. डण्डीफोरको समस्या छ भने यो प्याक अवश्य लगाउपर्छ । यसलाई नियमित रुपमा लगाइयो भने छालालाई धेरै फाइदा पुग्छ । डण्डीफोरबाट चिन्तित केटीहरुलेउ अनुहारमा मह दलेर ३० मिनेटसम्म छोडिदिनुपर्छ । त्यसपछि यसलाई मनतातो पानीले धुनुपर्छ ।

महले ब्याक्टेरियाबाट हुने डण्डीफोरलाई हटाउँछ । तर, डण्डीफोर हार्मोनको गडबडीको कारणले हो भने महले केही गर्न सक्दैन ।

३. अनुहारमा डेड स्किन जम्मा भयो भने छाला एकदम भद्दा देखिन थाल्छ । दुधमा एक कम्पाउन्ड हुन्छ जुन महंगा सौन्दर्य प्रशाधनमा प्रयोग गरिन्छ । यसले बुढ्यौललाई पछि धकेल्न मद्दत गर्छ । घरमै पनि एउटा राम्रो लेप तयार गर्न सकिन्छ, जसमा दूध, मह, ओटमील र ओखरको धुलो मिसिएको हुन्छ ।

आधा चम्चा ओखरको धुलो, २ चम्चा ओटमिल, आधा चम्चा मह र र्दुइ चम्चा काँचो दुध मिलाउनुपर्छ । यी सबैलाई मिलाएर गाढा पेस्ट बनाउने । यस पेस्टलाई अनुहारमा दलेर हल्का मसाज गरौं । त्यसपछि १० मिनेटसम्म त्यत्तिकै छोड्नुपर्छ र चिसो पानीले धुनुपर्छ ।

४. दुधले छालाको रंग सफा हुन्छ र अनुहारको दाग–धब्बा पनि कम हुन्छ । थोरै काँचो दूध लिएर अनुहार र घाँटीमा लगाउनुपर्छ ।

१० मिनेटपछि यसलाई ताजा पानीले धुनुपर्छ । यसबाट छाला तुरुन्तै गोरो हुन्छ । यसलाई फेस प्याक पनि बनाउन सकिन्छ । यसका लागि दुई चम्चा दूधमा १ चम्चा मह र १ चम्चा कागतीको रस मिसाउनुपर्छ । यस प्याकलाई अनुहार र घाँटीमा लगाएर १० मिनेट पर्खिनुस, अनि धुनुपर्छ । यसबाट छाला चम्किलो हुन्छ ।

५. यो लेप फुटेको ओठ ठिक गर्न पनि सहायक हुन्छ । फेस मास्कका लागि लेप बनाइएको हो भने अन्त्यमा अलिकति लेप ओठमा पनि लगाउनुपर्छ । यदि लेप लगाइएन भने मह मात्रै पनि लगाउन सकिनेछ । महले पनि ओठ फुटेको धेरै हदसम्म ठिक गर्छ ।

६. समयभन्दा चाँडै अनुहार चाउरी पर्न थालेको छ भने मह र दूधको फेस प्याक बनाएर अनुहारमा लगाउनुपर्छ । प्याक बनाउनका लागि र्दुइ चम्चा काँचो दूध, १ चम्चा मह, १ भिटामिन ई क्याप्सुलर र १ कांक्रोको टुत्रा वा एलोबेरा जेललाई मिलाउने र अनुहारमा लगाउने । त्यसको २० मिनेटपछि अनुहार धुनुपर्छ ।

७. दुध र महले रुखो र बेजान छालालाई ठीक गर्न औषधिकै जस्तो काम गर्छ । मह र दूधको लेपले अनुहारमा दुई वा तीन पटक घसेपछि नै फरक महसुस गर्न थालिनेछ । यसले छालामा निखार पनि आउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment