Comments Add Comment

यी अभिनेत्रीलाई देखेपछि दर्शकले भने, ‘केही त लगाउ ?’

नेपालीमा एउटा उखान छ, ..भन्दा देख्नेलाई लाज । संभवत यस्तै भयो एक अवार्ड समारोहमा, अभिनेत्री तथा मोडल एन्जेला सराफयानलाई देखेपछि ।

हुन त हलिउड अभिनेत्रीहरु पहिरनमा नयाँ–नयाँ प्रयोग गर्न रुचाउँछन् । किनभने फेसन ट्रेन्ड स्थापित गर्ने भनेको उनीहरुले नै हो । तर, यस्तो चक्करमा कहिले काहिँ उनीहरु लाजको पात्र बन्ने गर्छन् । मोडल तथा अभिनेत्री एन्जेला पनि ‘भ्यानेटी फेयर एन्ड लरियल पेरिस टोस्टु टु योंग हलिउड’ अवार्डमा पारदर्शी लुगा लगाएर पुगिन् । सेतो रंगको उक्त पहिरनको दुई छेउ पूर्ण रुपमा पारदर्शी थियो ।

जसै उनी सार्वजनिक भइन्, धेरैले उनको खिल्ली उडाए । एन्जेलाले सेतो हाफ सोल्डर गाउन लगाएकी थिइन् । त्यसको दुबैतर्फको भाग छोपिएको थिएन । यसबाट प्रष्ट देख्न सकिन्थ्यो, उनले ब्रा र पेन्टी लगाएकी छैनन् ।

कार्यक्रममा ३३ बर्षे यी अभिनेत्री लज्जित भइन् । उनको आउटफिटको राम्रैसँग धज्जी उडाइयो । भनियो, ‘केही त लगाउँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment