Comments Add Comment

दीपिकाले किन देखाइन् सेनिटरी प्याड ?

अहिले दीपिका पादुकोणको जताततै हाईहाई छ । फिल्म ‘पद्यावत’को कारण । उनै हिरोइनले हालै एउटा तस्विर सार्वजनिक गरेकी छिन् । तस्विरमा उनले आफुलाई पृष्टभूमीमा राखेर, सेनिटरी प्याड देखाएकी छिन् ।

थाहा भएकै हो, सेनिटरी प्याड अक्सर महिलाहरु लकाउँन चाहन्छन् । मासिक स्रावको बेला रगत लतपत नहोस् भन्नका खातिर यस्तो प्याड प्रयोग गरिन्छ । आखिर दीपिकाले सेनिटरी प्याड देखाएर के भन्न खोजेकी हुन् ?

सोझै भन्दा, अभिनेता अक्षय कुमारलाई चुनौती दिएका हुन् । अक्षयले केहि समयअघि सेनिटरी प्याड देखाउँदै केहि बलिउड सेलिब्रेटीलाई चुनौती दिएका थिए, ‘के तिमीहरु पनि यसैगरी देखाउन सक्छौं ?’

भनिहालौं, अक्षयले सेनिटरी प्याड प्रयोग गर्ने कुरा भएन । तर, उनको आगमी  फिल्म ‘प्याडमेन’ यहि विषयमा केन्द्रित छ । उनी फिल्म प्याडमेनको प्रमोशनमा जोडतोडले लागेका छन् । आफ्ना समकक्षीमाझ सेनिटरी प्याड देखाएर हाँक दिनुको पछाडि पनि यही सिलसिला जोडिएको हो ।

जसै अक्षयले हाँक दिए, आलिया भट्टले चुनौती मोलिन् । अर्थात सेनिटरी प्याड देखाएर फोटो खिचिन् । अब बोल्ड हिरोइन दीपिका किन पछि हट्थे ? उनले पनि उसैगरी सेनिटरी प्याड देखाइन् र भिडियो खिचिन् । भिडियो अपलोड गर्दै लेखिन्, ‘मलाई ट्याग गरेको धन्यबाद अक्षय कुमार । हो, मेरो हातमा प्याड छ, यो लजाउनुपर्ने कुरा होइन । यो स्वभाविक हो । यसलाई कपी पेस्ट गर र आफ्नो साथीलाई प्याडसँग फोटो खिच्नका लागि चुनौती देउ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment