+
+
Shares

‘पद्मावतको केवल ३० मिनेटले मेरो जिन्दगी बद्लियो’: विभव रोय

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २२ गते ११:५५

तमाम विवादलाई चिर्दै अहिले सिनेमा हलमा हिन्दी फिल्म ‘पद्मावत’ चलिरहेको छ । निर्देशक संजय लिला भन्सालीको यो फिल्मबाट रणवीर सिंह, दीपिका पादुकोण र शाहिद कपुरले लगातार ताली पाइरहेका छन् ।

फिल्ममा यी तीन पात्र हावी छन् । यद्यपी उनीहरुको भूमिकालाई जोडदार बनाउने केहि साहयक पात्रहरु छन्, जो हलबाहिर आइसकेपछि पनि झल्झली स्मरण हुन्छ । जस्तो कि, ईतात खान । उनलाई नामबाट भन्दा पनि साइनोबाट चिन्न सकिएला । ईतन दिल्लीका शासक जलालुद्दीनका छोरा तथा अलाउद्दीन खिलजीका भतिजाको रुपमा देखिएका छन् । उनको हत्या खिलजीको हातबाट हुन्छ ।

अक्सर सानोतिनो भूमिका निर्वाह गर्ने कलाकारको चर्चा हुँदैन । यद्यपी उनीहरुले आफ्नो ठाउँमा भरपुर मिहेनत गरेका हुन्छन् । साहायक भूमिकामा देखिने कलाकारले त्यहाँसम्मको यात्रा तय गर्न कति पापड बेल्नुपर्छ ?

ईतनको भूमिकामा देखिएका विभव रोयले अनुभव सुनाएका छन् । पढौं, उनकै शब्दमा ।

भन्साली सरसँग काम गर्न पाउनु नै ठूलो कुरा

२०१३ मा मैले टिभी शो गुस्ताख दिलबाट आफ्नो करियर सुरु गरें । टिभीमा लगातार तीन बर्ष काम गरें । मैले कहिले पनि सोचेको थिइन कि, ‘पद्यावत’बाट बलिउड डेब्यु गर्नेछु । संजय लिला भन्सालीसँग काम गर्न पाउनु, जो आफैमा ठूलो उपलब्धी हो । यस फिल्मका की–कास्टिङ डाइरेक्टर श्रृति महाजनले मलाई उक्त भूमिकाका लागि छनौट गरे । मैले अडिसन दिए । यस किसिमले म ऐतिहासिक कथासँग जोडिन पुगें ।

भन्साली सरसँग काम गर्नु सरप्राइज प्याकेज

भन्साली सरसँग काम गर्नु सरप्राइज प्याकेज जस्तै हुने । आफुले पहिले नै केहि सोच्नु नपर्ने । उहाँको सबैभन्दा ठूलो खुबी भनेको, सबै भूमिकाका लागि पहिला नै उहाँले तयारी गर्ने । कलाकारको लुकदेखि पर्दाको पछिको हरेक ठूलो–सानो कुरा ।

रणवीरले मलाई यस्तो व्यवहार गरे

यस फिल्ममा मेरो सिन रणवीर सिंह अर्थात खिलजीसँग जोडिएको छ । मान्नुहोस्, रणवीर कुनै टिपिकल स्टार जस्ता लाग्दैनन् । उनले स्टारडमलाई दबाएर राखेका छन् । कुनैपनि दृश्य गर्नुअघि उनी मसँग राम्ररी कुराकानी गर्थे । मलाई सुझाव दिन्थे । सुपरस्टार भएर पनि उसले धरातल टेकेको छ । हरेक स्टारमा यस्तो खुबी हुँदैन ।

भन्साली सरले भन्नुभो, ‘रहस्यलाई गोप्य राखौं’

मेरो लागि यस फिल्म गर्नु एक किसिमको ठूलो रहस्य पनि थियो । खासमा हामीलाई एग्रिमेन्ट साइन गराएका थिए कि, फिल्ममा मेरो पनि हिस्सा छ भनेर कसैलाई नबताउने । फिल्मसँग जोडिएको कुनैपनि कुरा नचुहाउने निर्देशन थियो । त्यही कारण जब फिल्म हलमा लाग्यो, दर्शकलाई प्रशस्तै सरप्राइज मिल्यो । म खुसी छु, यो धमकेदार सरप्राइज थियो ।

३० मिनेटले जीवन बद्लियो

यस तीन घण्टाको फिल्ममा मलाई करिब ३० मिनेटको स्क्रिन स्पेश मिलेको छ । साँच्चै भनौं भने, यो तीस मिनेट मेरो जिन्दगी सावित भयो । यो तीस मिनेट मलाई भन्साली सरले दिएका हुन् । एक शानदार फिल्म र कथासँग जोडिने मौका दिए । एक यस्तो फिल्म दिए कि, जो भारतिय सिनेमाको इतिहासमा बर्षौं बर्षसम्म स्मरण गरिनेछ । यस्तो मौका जो कोहिलाई मिल्दैन ।

मेरो सपना पुरा भयो

हिन्दी फिल्म उद्योगमा रोज्जा निर्देशक थिए, भन्साली सर । उहाँको साथ काम गर्ने सपना हरेक कलाकारलाई हुने गर्छ । मेरो सपना पुरा भयो । केवल भन्साली सरका लागि मैले यो फिल्म गरेको हुँ । म खुसी छु कि, म चाडै अर्को फिल्मका लागि ठूलो पर्दामा फर्कनेछु । तर, त्यसको खुलासा भने अहिले नै नगरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?