Comments Add Comment

प्रदेश ४ को पहिलो बैठकः समृद्ध प्रदेश बनाउने बाचा

'स्थायी सरकार दिन वाम गठबन्धन तयार'

२ माघ, पोखरा । प्रदेशसभाको पहिलो बैठकमा सांसदहरुले प्रदेश ४ लाई सम्बृद्ध प्रदेश बनाउन बाचा गरेका छन् । वाम गठबन्धनका सांसदहरुले भने चुनावी बाचा अनुसार स्थायी सरकार दिने पनि बताएका छन् ।

अन्य प्रदेशहरुमा प्रदेशसभामा उपस्थित दलका एक एक जनाले बोलेका थिए तर, प्रदेश ४ मा भने ठूला तीन दलका तीन तीन सांसदले बोल्नेछन् ।

बैठकलाई सम्बोधन गर्दै एमाले सांसद पृथ्वी सुब्बा गुरुङले कोरोला र सुस्ता नाका भएको प्रदेश ४ लाई समृद्ध प्रदेश बनाउन बाचा गरेका छन् । मुख्यमन्त्रीका दाबेदारसमेत रहेका उनले वाम गठबन्धनले जनचाहना र बाचा अनुसार स्थायी सरकार दिने बताए । उनले भने, ‘हामी चुनावको बाचा पूरा गर्छौं ।’

पोखराको अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै निर्माण गर्ने र शैक्षिक हब बनाउने उनले बताए ।

मुख्यमन्त्रीका अर्का दाबेदार सांसद किरण गुरुङ दल सानो ठूलो भएपनि प्रतिस्पर्धी नभई यो प्रदेशलाई कसरी समृद्ध बनाउने भनेर आएको बताए । उनले भने, ‘सत्तापक्ष र प्रतिपक्ष जे भए पनि समृद्ध प्रदेश बनाउने लाग्नेछौं । मिलेर अघि बढ्ने हो ।’

‘सत्तापक्ष र प्रतिपक्ष जे भए पनि समृद्ध प्रदेश बनाउने लाग्नेछौं । मिलेर अघि बढ्ने हो ।’

कांग्रेस सांसद कृष्णचन्द्र नेपालीले प्रदेश चारसँग आर्थिक समृृद्धिको सम्भावना रहेको बताए । समुन्नत र सम्पन्न प्रदेश बनाउन, भ्रष्टाचार अन्त्य, विधिको शासन स्थापनामा कांग्र्रेसले सहयोगीको भूमिका निर्वाह गर्ने बताए ।

माओवादी केन्द्रका हरिबहादुर चुमानले प्रदेशसभा र स्थानीय तहको अधिकार खोस्ने प्रयत्न भइरहेको भन्दै त्यसविरुद्ध एक भएर लड्ने बताए । सबैभन्दा धेरै अवसर रहेको भन्दै उनले समृद्ध प्रदेश बनाउने बाचा गरे ।

राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले भने दलीय धारणा जस्तै संघीयताको विरोध गरे । यसले मुलुकलाई अप्ठ्यारो अवस्थामा पुर्‍याउने उनको चेतावनी छ ।

नयाँ शक्ति पार्टीका सांसद हरिशरण आचार्यले धेरैले प्रतिवद्धता जनाएको तर, पुरा नभएको भन्दै अब बाचा पूरा गर्ने बेला आएको बताए । उनले अब साझा भावना र नयाँ संंकल्पका साथ अघि बढ्न जरुरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment