+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

आर्थिक समृद्धिका लागि पनि कांग्रेस सक्षम छ : उपप्रधानमन्त्री सिंह

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ९ गते १७:५४

९ पुस, रूपन्देही। उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक परिवर्तन जस्तै आर्थिक समृद्धिका लागि पनि कांग्रेस पार्टी सक्षम रहेको बताएका छन् ।

नेपाली कांग्रेस रूपन्देहीले मंगलबार आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले राजनीतिक परिवर्तनसँगै आर्थिक समृद्धिको नेतृत्व गर्न पनि कांग्रेसले क्षमता राख्ने बताए।

‘जसरी राजनीतिक अधिकार गुमेका वेला कांग्रेसले जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन पोलिटिकल लिडरसिप लियो, आर्थिक समृद्धिका लागि पनि कांग्रेस पार्टी नै सक्षम छ,’ उनले भने, ‘तर त्यसका लागि कांग्रेस सांगठनिक रूपमा सशक्त र व्यवस्थित बनाउनुपर्छ । जनताले चाहेको जीवन र जीविकोपार्जन सहज होस् भन्ने सपना कांग्रेसलाई व्यवस्थित गर्यो भने पूरा गर्ने क्षमता कांग्रेसले राख्छ ।’

कांग्रेस पूर्वमहामन्त्री समेत रहेका सिंहले कांग्रेसभित्र लोकतान्त्रिक राजनीतिक संस्कार विकास गर्दै कार्यकर्ताको मनोबल बढाउनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?