+
+
Shares

इटहरीमा कटुवा पेस्तोलसहित एक व्यक्ति पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २२ गते १३:०५

२२ माघ, काठमाडाैं । सुनसरीको इटहरी उपमहानगरपालिका-१२, खनार चौकमा एक जना व्यक्ति कटुवा पेस्तोल र गोलीसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा इटहरी-१ नमुना बस्तीका ३२ वर्षीय रत्न तामाङ छन् । उनलार्इ शंकास्पद तवरले हिँड्दै गर्दा चेकजाँच गर्ने क्रममा एक थान पेस्ताेल र दुर्इ राउन्ड गाेलीसहित पक्राउ गरिएकाे प्रहरी चाैकी खनारले जनाएको छ ।

तामाङको साथबाट केही परिमाणमा लागूऔषध गाँजा समेत बरामद भएको छ। थप अनुसन्धानका लागि उनलार्इ ईलाका प्रहरी कार्यालय इटहरी पठाइएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?