२२ माघ, भक्तपुर । भक्तपुर–१०, कमलविनायकमा ५ वर्षीय बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ललितपुर बुङमति घर भइ कमलबिनायक बस्दै आएका १८ वर्षीय वसन्त तामाङ छन् ।
प्रहरीका अनुसार तामाङले बालिकालाई डेरा कोठामा लगेर कोही नभएको अवस्थामा जबरजस्तीकरणी गरेका थिए ।
अभिभावकको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4