२२ माघ, वीरगञ्ज । वीरगञ्जको बाइपास सडकखण्डमा ट्रकले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।
श्रीपुरस्थित नेशनल ट्रेडिङतर्फ जाँदै गरेको अगरवत्ती लोड भएको ना ६ ख ४९०८ नम्बरको ट्रकले दिउँसो पौने १२ बजे ठक्कर दिँदा स्थानीय ४० वषर्ीया बविता चौधरीको मृत्यु भएको हो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते चौधरीको उपचारका लागि नारायणी उप क्षेत्रीय अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता डीएसपी राजन लिम्बुले जानकारी दिए ।
ट्रक चालकले ब्याक गरेर चौधरीलाई मारेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका थिए । ‘चालकको लापरबाही देखिएको छ । तर पछाडि हटाएर मारिएको भन्ने सत्य होइन’ डिएसपी लिम्बुले भने ‘सहचालकसहित केही पक्राउ परेका छन् । घटनाबारे अनुसन्धान गर्दैछौं । केही समस्या भए प्रहरी कार्यालय आउन स्थानीयलाई भनेका छौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4