Comments Add Comment

गोरखा उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ

अध्यक्ष जीवनज्योति श्रेष्ठ (दायाँबाट दोस्रो) सँगै निर्विरोध निर्वाचित पदाधिकारीहरु ।

२२ माघ, गोरखा । गोरखा उद्योग वाणिज्य संघको १५ औं अधिवेशनले आगामी तीन बर्षको लागि जीवनज्योति श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

जसको प्रथम उपाध्यक्षमा कृष्णकुमार श्रेष्ठ, द्धितीय उपाध्यक्षमा भगवानबाबु मास्के र महासचिवमा राजुबाबु श्रेष्ठ निर्विरोध चयन भएका छन् । अन्य पदमा भने चुनाव भएको थियो ।

आइतबार साँझ अबेर सार्वजनिक भएको मत परिणाम अनुसार सचिवमा अस्मकबाबु श्रेष्ठ ३२० मत ल्याएर बिजयी बनेका छन् । उनका प्रतिद्वन्द्वी काजिराम श्रेष्ठले जम्मा ६४ मतमात्र ल्याए ।

त्यस्तै कोषाध्यक्षमा प्रकाशचन्द्र श्रेष्ठ ३२१ मत ल्याएर विजयी वनेका छन् । उनका प्रतिद्वन्द्वी राजेन्द्र घतानेले १९४ मत पाए ।

सदस्यहरुमा गोविन्द गुरुङ, बसन्तकुमार श्रेष्ठ, चन्दनबाबु खत्री, शरण श्रेष्ठ, मानकाजी श्रेष्ठ, बसन्त वस्नेत र रामहरि केसी निर्वाचित भएका छन् । सात सदस्यका लागि एघार जना प्रतिस्पर्धामा थिए ।

६ सय भन्दा बढी साधारण सदस्य रहेको संघको निर्वाचनमा ५५३ जनाले मतदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment