+
+
Shares

कुकुरले टोकेर बर्दिबासमा एकै दिन १३ घाइते

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २२ गते २०:०६
फाइल फोटो

२२ माघ, बर्दिवास । महोत्तरीको बर्दिवास नगरपालिका बजार क्षेत्रमा सोमबार एकै दिन कुकुरको टोकाइबाट १३ जना घाइते भएका छन् । कुकुरले अधिकांशलाई घाँटी भन्दामाथि टोकेको छ । घाइतेमध्ये ८ जनालाई उपचारका लागि काठमाडौं रेफर गरिएको छ ।

तिनीहरुलाई घाँटीमाथि टोकेका कारण उपचार गर्न काठमाडौं रेफर गरिएको बर्दिवास अस्पतालले जनाएको छ । अरु घाइतेको बर्दिवासका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

घाइते केहीको यहाँ उपचार सम्भव नदेखिएपछि थप उपचारको लागि काठमाडौं रेफर गरिएको शुभस्वस्तिक हस्पिटलका सञ्चालक प्रदीप कार्कीले जानकारी दिए । कुकुरले टोकेकामध्ये अधिकाश बालबालिका रहेका छन् ।

बाटोमा हिड्नेहरुलाइ कुकुरले टोक्दै हिँडेको प्रत्यक्षदर्शीले बताएका छन् । बिहानैदेखि कुकुर टोकेको खबर फैलिएपछि स्थानीय त्रसित बनेका थिए । इलाका प्रहरी कार्यालय बर्दिवासले टोक्ने कुकुरलाई स्थानीयले मारेको जानकारी आएको बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?