Comments Add Comment

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट स्वीकृत

दाङ । सरकारले दाङ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बहुवषिर्य योजना सञ्चालन गर्न १३ अर्ब ४५ करोड रुपैयाँ स्वीकृत दिएको छ ।

प्रतिष्ठानका कुलपति प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको प्रतिष्ठानको प्रथम सभा बैठकले चालु आवका लागि ७८ करोड ३३ लाख रुपैयाँ स्वीकृत प्रदान गरेको छ ।

सरकारले प्रतिष्ठानलाई सञ्चालन खर्च बाफत कुल विनियोजित हुने वाषिर्क बजेटको ५० प्रतिशत रकम उपलब्ध गराउने नीतिगत निर्णय गरेको छ ।

सभाले दाङमा आवश्यक पर्ने ५ सय विगाह जग्गा उपलब्ध गराउने निर्णय गरेको छ । त्यसैगरी घोराहीमा मुख्य कार्यालय र काठमाडौंमा सम्पर्क कार्यालयका लागि सरकारी घर वा भवन निर्माण गर्न सरकारी जग्गा उपलब्ध गराउने नीतिगत निर्णय गरेको छ ।

सभाले प्रतिष्ठानको ऐनको व्यवस्था अनुसार राप्ती उपक्षेत्रीय अस्पताल प्रतिष्ठानको मातहतमा आउने हुँदा सम्पूर्ण आर्थिक प्रशासनिक अधिकार लगायत चल अचल सम्पत्ति हस्तान्तरण गर्न ऐन अनुरुप कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानका कुलपति प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिष्ठानको पूर्वाधार र जनशक्ति व्यवस्थापनका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment