
३ चैत, घोराही । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न्युरो सर्जरी सेवा सुरु भएको छ ।
न्युरो सर्जन डा. उपमा शर्माले आजदेखि प्रतिष्ठानबाट सेवा सुरु गरेकी हुन् । बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा लामो समय काम गरेकी शर्माले प्रतिष्ठानमा सेवा सुरु गरेकी हुन् ।
प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले प्रतिष्ठानमा न्यूरो सेवा सुरु भएको जानकारी दिँदै मुटु रोगको उपचार पनि छिट्टै सुरु गर्ने तयारी भइरहेको बताए ।
‘मुटु रोगको उपचारका लागि क्याथल्याब मेसिन पनि ल्याउने तयारी भइरहेको छ । मेसिन आउनासाथ मुटु रोग विशेषज्ञ पनि ल्याएर सेवा विस्तार गरिनेछ,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4