Comments Add Comment

जब पाकिस्तानी रिपोर्टरले आफ्नै बिहेको लाइभ रिपोर्टिङ गरे

काठमाडौं । २०१० मा आएको हिन्दी फिल्म पिपली लाइभ याद छ ?

अमिर खानको यो फिल्ममा खबर ब्रेक गर्ने टीभी च्यानलहरुको पागलपन देखाइएको छ ।

पाकिस्तानमा यस्तै भएको छ, जब एक स्थानीय पत्रकारले आफ्नै विवाहको रिपोर्टिङ गरे ।

यो भिडियो इन्टरनेटमा निकै भाइरल पनि भएको छ ।

फैसलाबादको सी ४१ च्यानलका सम्वाददाता हनन बुखारी स्पोर्ट्स कार र मोटरसाइकलमा जन्ती लिएर पुगे ।

उनको च्यानलले शहरमा हुने बिहे कभर गर्दै आएको थियो । त्यसैले हननको बिहे पनि कभर गर्ने निर्णय टीभी च्यानलले लियो ।

विवाहका क्रममा आफ्ना सहकर्मीबाट माइक लिँदै हननले भने, ‘आज म यहाँ आफ्नै बिहेमा उपस्थित छु । यो म र मेरो परिवारका लागि खुसीको क्षण हो । यो एक लाइभ बिहे हो, त्यसैले मेरी पत्नी र उनको परिवार पनि निकै खुसी देखिएका छन् ।’

त्यसपछि क्यामरा आफ्ना बाबुतिर लगेर उनले सोधे, ‘आज तपाईको छोराको बिहे भइरहेको छ । तपाईलाई कस्तो लागेको छ ?’

घटनाले त्यसबेला अझ नाटकीय रुप लियो, जब हननले दर्शकहरुलाई आफ्नो पत्नीसँग भेटाए । उनले भने, ‘अब त्यही युवतीलाई भेट्छौं, जसलाई मलाई पागल बनाएकी थिइन् । मैले कयौं वर्ष उनलाई पछ्याएँ र आज मैले उनको साथ पाएको छु ।’

हनन यतिमै रोकिएनन् । उनले आफ्नो पत्नीलाई सोधे, ‘आज तिम्रो बिहे भइरहेको छ । तिमीलाई केही भन्नु छ ?’

बेहुलीले खुसी छु भन्ने जवाफ दिइन् ।

त्यसपछि हननले भने, ‘मैले यति खर्च गरेँ । स्पोर्ट्स कार र बाइक लिएर आए । सिंगो शहरले मलाई हेरिरहेको छ । तर, यो उनले देखिनन् ।’

यो भिडियो निकै भाइरल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment