फागूणको तेश्रो सातादेखि चलचित्र ‘जाइरा’को छायांकन सुरु हुने भएको छ । ट्रेन्डसिटर्स प्रालिले निर्माण गर्न लागेको चलचित्रलाई आशुतोषराज श्रेष्ठले निर्देशन गर्दैछन् । यहि, चलचित्रबाट आशुतोष चलचित्र क्षेत्रमा डेब्यू पनि गर्दैछन् ।
चलचित्र पूर्णरुपमा एक्सन प्रधान रहने निर्माणपक्षको भनाई छ । चलचित्रमा नम्रता श्रेष्ठ, अनुपविक्रम शाही, रेमनदास श्रेष्ठ, प्रमोद अग्रहरि, श्रृजना रेग्मी, संगीता नापित र सम्राट मगरको मुख्य भूमिका छ । यो चलचित्रका लागि नायिका नम्रताले एक्सन समेत सिकिरहेकी छिन् ।
बाबु सुरेश श्रेष्ठको छायांकन रहने चलचित्रमा सम्राट बस्नेतको एक्सन रहनेछ । चलचित्रका कार्यकारी निर्माता प्रशन्न गोपाली हुन् । चलचित्रको सम्पूर्ण छायांकन काठमाण्डौमा नै हुनेछ । चलचित्र ‘पर्व’ पछि नायिका नम्रता मिडियाबाट टाढा रहँदै यो चलचित्रको तयारीमा लागेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4